सोमबार, कार्तिक १० गते २०८३

किसान बहुउदेश्यीय सहकारी संस्थाको अध्यक्षमा सुरेन्द्र शाह 


माघ ४, २०८० बिहीबार
किसान बहुउदेश्यीय सहकारी संस्थाको अध्यक्षमा सुरेन्द्र शाह 


किसान बहुउदेश्यीय सहकारी संस्थाको अध्यक्षमा सुरेन्द्र कुमार शाह  सर्वसम्मत निर्वाचित भएका छन् ।  संस्थाको २९ औं साधारण सभाबाट अध्यक्ष सुरेन्द्र शाह लगायत सञ्चालक समिति र लेखा समितिसमेत निर्विरोध निर्वाचित भएका हुन् । 

नवनिर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा टीकेन्द्र थापा, सचिवमा लोकराज तिमिल्सैना, कोषाध्यक्षमा मयाराम धमाला, सहसचिवमा दिनेश कुमार चलाउने, सदस्यहरुमा पतिराम चौधरी, जयरुप बुढा, मनिराम न्यौपाने, सरोजकुमार शाह, चन्द्रा सिंह, निरबहादुर शाह र्निविरोध निर्वाचित भएका छन । त्यस्तै लेखा सुपरीवेक्षण समितिको योजकमा नृप वहादुर कुँवर, सदस्यमा देवानन्द जैशी बजगाई र कृष्ण बहादुर रावल निर्वाचित भएका छन । यस्तै सहकारीको जिल्ला प्रतिनिधिमा नमराज उपाध्याय समेत निर्विरोध र्निवाचित भएका छन्।   

संस्थाका अध्यक्ष शाहले सामान्य पुँजीबाट शुरु भएको संस्थाले हाल ६ जिल्लाका ४१ सेवाकेन्द्रमार्फत् २९१ कर्मचारीबाट सदस्यलाई सेवा प्रदान गरिरहेको जानकारी दिए । गत आर्थिक वर्ष २०७९/०८० मा संस्थाको कुल कारोबार ४ अर्ब ९३ करोड ७८ लाख ४२ हजार पुगेको उनले बताए । गत आर्थिक वर्षमा संस्थाले १३ करोड ३१ लाख ४२ हजार खुद नाफा आर्जन गर्न सफल भएको छ । 

२०५२ सालमा कैलालीको लम्कीमा मुख्य कार्यालय रहने गरी स्थानीय २५ जनाले ६० हजार ३ सय शेयर पुँजी संकलन स्थापना गरेको संस्थाको चुक्ता शेयर पूँजी ३१ करोड २४ लाख ५२ हजार रुपैयाँ पुगेको छ ।