सोमबार, कार्तिक १० गते २०८३

काठमाण्डौ जिल्ला संघमा सर्वसम्मत नयाँ सञ्चालक समिति चयन


पौष २९, २०८० आइतबार
काठमाण्डौ जिल्ला संघमा सर्वसम्मत नयाँ सञ्चालक समिति चयन

 

जिल्ला सहकारी संघ काठमाण्डौको २४औं साधारणसभाले सर्वसम्मत रुपमा नयाँ सञ्चालक समिति चयन गरेको छ । आज सम्पन्न साधारणसभाले सुमन केसीको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको हो । संघको उपाध्यक्षमा अमरावती बलामी महर्जन, महिला उपाध्यक्षमा विष्णुकुमारी चौलागाईं, महासचिवमा बाल कुमार बास्तोला, सचिवमा सनोज भटराई र कोषाध्यक्षमा देवनारायण चौंलागाई चयन भएका छन् । 

त्यसैगरी संघको सञ्चालक समिति सदस्यमा हरिप्रसाद सापकोटा, दिपेन कुमार राई, जित बहादुर लामा तामाङ, सविना वाग्ले, कविन्द्र रिमाल, सीता घिमिरे, सागरप्रसाद बखेल, सपना अर्याल, हेम बहादुर कार्की रहेका छन् ।

संघको लेखा सुपरीवेक्षण समितिको संयोजनका रविन्द्र श्रेष्ठ र सदस्यहरुमा तपन पोखरेल र अनिता पौडेल निर्वाचित भएको निर्वाचन उपसमितिका संयोजक रामचन्द्र सिंखडाले जानकारी दिए ।