सोमबार, कार्तिक १० गते २०८३

बलम्बु च्याउ सहकारीको १५औं वार्षिक साधारणसभा सम्पन्न


पौष २९, २०८० आइतबार
बलम्बु च्याउ सहकारीको १५औं वार्षिक साधारणसभा सम्पन्न

 

बलम्बु च्याउ सहकारीले १५औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । 

संस्थाका अध्यक्ष अमरदिप सिंह महर्जनको सभापतित्व एवं बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनको प्रमुख आतिथ्यता सभा सम्पन्न भएको हो । 

कार्यक्रममा संस्थाका अध्यक्ष, सचिव र कोषाध्यक्षहरुले आ आफ्नो वार्षिक प्रतिवेदन पेश गरेका थिए। सभामा दुईजना असल बचत सदस्य, दुई असल ऋणी सदस्य, एक असल शेयर सदस्य र एक युवा च्याउ उद्यमीलाई सम्मान गरिएको थियो।

सभामा आ.व. २०७९/८० मा बचत कारोबार र ऋण कारोबारबाट संरक्षित पुँजी फिर्ता कोषबाट रकम फिर्ता पाउने उत्कृष्ट पाँच–पाँच जनालाई पनि नगद सहित सम्मान गरिएको थियो।

balambhu chau co op.jpg