सोमबार, कार्तिक १० गते २०८३

पोेखरा रोयल सहकारी संस्थाले १३.५ प्रतिशतमा नै सदस्यलाई ऋण दिने 


पौष २६, २०८० बिहीबार
पोेखरा रोयल सहकारी संस्थाले १३.५ प्रतिशतमा नै सदस्यलाई ऋण दिने 


पोखराको बुद्धचोकमा मुख्य कार्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई साढे १३ प्रतिशतमा ऋण लगानी गर्ने  जनाएको छ ।  

 सरकारले तोकेको सन्दर्भ ब्याजदर भन्दा  कम ब्याजदरमा आगामी माघ १ गतेबाट लागू हुनेगरी शेयर सदस्यहरुलाई उक्त व्याजदरमा ऋण प्रवाह गर्न लाएको हो । यसका लागि संस्थाले माघ १ गते बाट एक सय दिनसम्म मिसन १०० योजना संचालन गरेर एकजना सदस्यलाई एक करोडसम्म लगानी गर्ने र लगानीमा व्यवस्थापन शुल्क नलिने नीति बनाएको हो । संस्थाले उक्त योजनामा ऋण लिने सदस्यलाई १३ दशमलव ५० प्रतिशत मात्र ब्याजदर लिने संस्थाका सूचना अधिकारी मिलन ढकालले जानकारी  दिए  ।

त्यसैगरी संस्थाले कोभिड महामारी र विश्वव्यापी आर्थिक मन्दीले पारेको असरले सदस्यहरुमा पर्न गएको असरलाई न्युनीकरण गर्ने उद्धेश्यले सदस्यहरुलाई हाल कायम रहेको व्याजदरमा एक प्रतिशत व्याज कम गर्ने निर्णय पनि गरेको ढकालको भनाई छ । संस्थाबाट १ हजार ३९१ जनाले सदस्यले ऋण उपभोग गरिरहेका छन् । संस्थामा ९ हजार १ सय १५ जना सदस्य, २० करोड ४५ लाख शेयर पुँजी र १ अर्व ७० करोड निक्षेप बचत रहेको छ ।

१ अर्व ७१ करोड ऋण लगानी, तरलता ३१.१० प्रतिशत, शुद्ध संस्थागत पुँजी १८ करोड ७० लाख छ भने कुल वासलात २ अर्ब ३२ करोड रहेको जनाइएको छ । संस्थाले एटिएम सेवा, मोबाईल बैकिङ्ग सेवा, एसएमएस सेवा र क्यूआर कोड प्रविधी मार्फत भुक्तानी सेवालाई सहजीकरण बनाउदै आईरहेको छ । संस्थाले ग्रामीण क्षेत्रका महिलाहरुलाई लक्षित गरि २ हजार बढी सदस्यहरुमा सामुहिक सहकारी लघु ऋण कार्यक्रम सञ्चालन गरेको छ ।

संस्थाले नियमित रुपमा सदस्यलाई सहकारी शिक्षा, विस्तारित मञ्च, वित्तीय परामर्श, वित्तीय साक्षरता, प्रविधी साक्षरता, युवा तथा महिला केन्द्रित उधमशिलता सम्वन्धि सचेतना अभियान संचालन गरिरहेको छ।