सोमबार, कार्तिक १० गते २०८३

सुदुरपश्चिम प्रदेशका सहकारीबाट ४३ अर्ब माथी ऋण प्रवाहः राष्ट्र बैंक


पौष २३, २०८० सोमबार
सुदुरपश्चिम प्रदेशका सहकारीबाट ४३ अर्ब माथी ऋण प्रवाहः राष्ट्र बैंक

सुदुरपश्चिम प्रदेशका सहकारीबाटमा आर्थिक वर्ष २०७९/८० मा ४३ अर्व ४६ करोड ऋण प्रवाह  गरेका छन् ।  राष्ट्र बैंकले सार्वजनिक गरेको सुदुरपश्चिम प्रदेशको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन अनुसार यस अवधिमा नमूना छनौटमा परेका १० वटा सहकारीहरुले  ४३ अर्व ४६ करोड १ लाख ऋण प्रवाह गरेको उल्लेख छ । 

  उक्त ऋण  प्रवाह गत वर्षको तुलनामा १.२८ प्रतिशतले बढेको हो । गत वर्ष यस्तो ऋण १९.० प्रतिशतले वृद्धि भई ४२ अर्व ९१ करोड १८ लाख पुगेको थियो । यस अवधिमा सहकारीहरुले संकलन गरेको कुल पुँजी गत वर्षको तुलनामा ४.१७ प्रतिशतले वृद्धि भई  ६ अर्व ८५ करोड ११ लाख पुगेको राष्ट्र बैंकले जनाएको छ ।गत वर्ष यस्तो पूँजी २८.०५ प्रतिशतले वृद्धि भई  ६ अर्व ५७ करोड ६८ लाख पुगेको थियो । 

यसैगरि, कुल बचत गत वर्षको तुलनामा ८.२५ प्रतिशतले बढ्न गई  ४७ अर्व ९९ करोड ३७ लाख पुगेको छ । गत वर्ष यस्तो बचत ३.५८ प्रतिशतले घट्न गई  ४४ अर्व ३३ करोड ६० लाख पुगेको थियो ।समीक्षा वर्षमा छनौट गरिएका सहकारी संस्थाका सदस्यहरुको संख्या ३.१८ प्रतिशत र सहकारी संस्थामा काम गर्ने कर्मचारीको संख्या १.६८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा सदस्य संख्या २१.२६ प्रतिशत र कर्मचारी संख्या १.१३ प्रतिशतले वृद्धि भएको थियो ।