सोमबार, कार्तिक १० गते २०८३

 जनसेवा साकोसका व्यवस्थापक अधिकारी राईफाइसन सहकारी अवार्डबाट सम्मानित  


पौष २३, २०८० सोमबार
 जनसेवा साकोसका व्यवस्थापक अधिकारी राईफाइसन सहकारी अवार्डबाट सम्मानित  


जनसेवा बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक प्रेमसागर अधिकारी सम्मानित भएका छन्। कास्की बचत तथ ऋण सहकारी संघले उनलाई सम्मान गरेको हो। संघको २३औ वार्षिक साधारण सभाको अवसरमा अधिकारीलाई ‘राईफाइसन सहकारी अवार्ड’ प्रदान गरेको हो। कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सहकारी रजिष्ट्रार भेषराज रिजालले प्रशंसा पत्र र नगद  सहित अधिकारीलाई सम्मान गरेका हुन्।

अधिकारी हालै सम्पन्न नेफ्स्कूनको ३२औं साधारण सभाबाट गण्डकी प्रदेशको उत्कृष्ट व्यवस्थापकको रुपमा समेत सम्मानित भएका थिए। २०६८ सालमा कार्यालय सहायकको रुपमा सहकारी क्षेत्रमा प्रवेश गरेका अधिकारी सोही संस्थाको लेखापाल, निमित्त व्यवस्थापक हुँदै २०७५ सालमा देखि व्यवस्थापकको जिम्मेवारी सम्हालिरहेका छन्। व्यवस्थापनमा स्नातक गरेका अधिकारी सहकारी क्षेत्रमा दख्खल राख्छन्। अध्ययनशील र उर्जाशील व्यक्तिका रुपमा चिनिएका अधिकारी सहकारीबाट नै समृद्ध समाज निर्माण गर्न सकिने  बताउँछन्।