एम्स बचत तथा ऋण सहकारी संस्थाको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष निरोजप्रसाद ढुंगानाको सभापतित्वमा भएको साधारणसभामा उत्कृष्ट कारोबार गर्ने १० जना सदस्यहरुलाई मायाको चिनो र प्रमाणपत्रसहित सम्मान गरिएको थियो । त्यसैगरी सोही अवसरमा संस्थाका कर्मचारी पवित्रा घिमिरे र रमेश देवकोटालाई पनि प्रशंशापत्रसहित सम्मान गरिएको थियो ।
काठमाण्डाैंकाे न्यूराेडमा रहेकाे संस्थाले आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म ४ करोड ७६ लाख ७८ हजार शेयरपुँजी, ३२ लाख ९२ हजार जगेडा कोष, २३लाख ३२ हजार अन्य कोष, १३ करोड ४५ लाख बचत संकलन तथा १८ करोड ७८ लाख ऋण लगानी गरी कुल वासलात १९ करोड ४५ लाख ६७ हजार पुर्याउन सफल भएको छ।
नेपालपत्र संवाददाता