सोमबार, कार्तिक १० गते २०८३

 रियल गोर्खा  सहकारीका अध्यक्ष कठायत सिआइबीद्वारा पक्राउ 


पौष १८, २०८० बुधबार
 रियल गोर्खा  सहकारीका अध्यक्ष कठायत सिआइबीद्वारा पक्राउ 

काठमाडौंको तिनकुनेमा मुख्य कार्यालय रहेको रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ठगी आरोपमा पक्राउ परेका छन् ।

संस्थाका अध्यक्ष हर्कबहादुर कठायतलाई बचकर्ताको ४ करोड रुपैयाँभन्दा बढी ठगीको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले पक्राउ गरेको हो । 

कठायतविरुद्ध ४ करोडभन्दा बढी ठगी गरेको भन्दै १३७ जना भन्दा बढी बचतकर्ताले उनीविरुद्ध उजुरी दिएका छन् । प्रहरीले उक्त सहकारीका संचालक सदस्य विनोद कुमारलाई समेत पक्राउ गरेको छ ।