आइतबार, आश्विन १८ गते २०८३

शिवशिखर सहकारीका बचतकर्तालाई ३५ दिनभित्र आफ्नो बचत माग दाबी गर्न आव्हान

पौष १८, २०८० बुधबार
शिवशिखर सहकारीका बचतकर्तालाई ३५ दिनभित्र आफ्नो बचत माग दाबी गर्न आव्हान

 

सहकारी व्यवस्थापन समितिको कार्यालयले शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्तालाई आफ्नो माग दाबी गर्न आग्रह गरेको छ ।

कार्यालयले बुधबार सूचना जारी गर्दै भक्तपुरको कौशलटारमा केन्द्रीय कार्यालय रहेका सहकारीबाट पीडित बचतकर्तालाई ३५ दिन भित्र आफ्नो बचत दाबी अनलाइनमार्फत् माग गर्न आग्रह गरेको हो ।

सहकारी ऐन, २०७४ को दफा ११२ बमोजिम समस्याग्रस्त संस्था वा संघका सदस्य बचतकर्ता तथा साहुहरुलाई आफुले पाउनु पर्ने रकम ३५ दिन भित्र अनलाईन मागदावी आवेदन मार्फत प्रमाण दावी पेश गर्न अनुरोध गरेको जनाएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको मन्त्रीस्तरको निर्णयबाट २०८० भदौ २५ गतेको निर्णयानुसार सहकारी संस्थालाई सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम समस्याग्रस्त घोषणा गरिएको छ ।

सहकारीका निवर्तमान अध्यक्ष, तुलसी बहुमुखी सहकारी संस्थाका अध्यक्ष तथा शिखर अर्गनाईजेसनका सञ्चालक केदारनाथ शर्माले सहकारीका बचतकर्ताको १२ अर्ब २३ करोड ५१ लाख ८३ हजार ५७७ रुपैयाँ अपचलन गरेको फेला परेको छ ।

410317272_1047590916499933_8791552893412032202_n.jpg