सोमबार, कार्तिक १० गते २०८३

श्वेतपत्र जारी गर्न सहकारीले गरे आलटाल, ३० दिन भित्र विवरण नबुझाए कानुनी कारवाही अगाडि बढाइने


पौष १२, २०८० बिहीबार
श्वेतपत्र जारी गर्न सहकारीले गरे आलटाल, ३० दिन भित्र विवरण नबुझाए कानुनी कारवाही अगाडि बढाइने

सहकारी विभागले श्वेतपत्र, बचत फिर्ता कार्ययोजना र सञ्चालकको सम्पत्ति विवरण पेश गर्न दिएको समयसीमा सकिएपनि नगन्य संस्थाहरुले मात्र विवरण बुझाएका छन् । 

संघिय विभागले यस अघि आफ्नो मातहत रहेका संस्थाहरुलाई कात्तिक २४ गते एक निर्देशन जारी गर्दै २०८० साल मंसिर मसान्तभित्र श्वेतपत्र जारी गर्न भने पनि अहिलेसम्म केहि संस्थाले मात्र उक्त विवरण पेश गरेका हुन् । दिइएको समयसीमाभित्र सबै संस्थाले श्वेतपत्र जारी नगरेकाले विभागले पुन: आज एक सूचना जारी गर्दै एक महिनाभित्र श्वेतपत्र जारी गर्न संस्थाहरुलाई निर्देशन दिएको छ । 

तोकिएको समयभित्रै उक्त विवरण पेश नगर्ने सहकारी संस्थाले के कति कारणले विवरण पेश नगरेको हो, चित्तबुझ्दो आधार र कारण खुलेको स्पष्टिकरण सहित ३० दिनभित्र विभागमा बुझाउनुपर्ने रजिष्ट्रार पिताम्बर घिमिरेले बताएका छन् । अपेक्षित रुपमा संस्थाका सञ्चालक, लेखा सुपरीवेक्षण समिति र व्यवस्थापकको सम्पत्ति विवरण सहितकाे श्वेतपत्र संस्थाहरूले नबुझाएको उनको भनाई छ । ३० दिनभित्र पनि विवरण नबुझाउने संस्थाहरुलाई कानुन अनुसार कारवाही अघि बढाइने उनले बताए । 

sahakari bivag notice.jpg