सोमबार, कार्तिक १० गते २०८३

बालकुमारी साकाेसको २३ औं बार्षिक साधारण सभा, समुदायमा उत्कृष्ट पहिचान बनाउन सफल


पौष ११, २०८० बुधबार
बालकुमारी साकाेसको २३ औं बार्षिक साधारण सभा, समुदायमा उत्कृष्ट पहिचान बनाउन सफल

बालकुमारी बचत तथ ऋण सहकारी संस्थाको २३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । मध्यपुर थिमी नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । सभामा शुभकामना मन्तब्य राख्दै उनले मध्यपुर थिमी मातहत १२८ संस्था रहेको र ती संस्थाहरुको नियमन र प्रवर्धनका निम्ति नगरपालिकाले ऐन नियम बनाइसकेको उल्लेख गरे । समुदायकाे उत्कृष्ठ संस्थाकाे रूपमा बालकुमारीले पहिचान बनाएकाे उनले बताए । समुदायस्तरमा सञ्चालन भएका संस्थाहरुको अवस्था राम्रो रहेको भन्दै उनले गलत गर्ने संस्थाहरुलाई पनि सहकारी शाखामार्फत नियमनको दायराभित्र ल्याउने गरी काम भइरहेको उनले जानकारी दिए । साधारणसभामा उपस्थित हुने र परिवहन खर्च बुझेर फर्किहाल्ने भन्दापनि संस्था कसरी चलिरहेको छ, वित्तीय अवस्था के छ? गत वर्षको तुलनामा प्रगति गर्न सक्यो सकेन भन्ने जस्ता कुराहरु बन्द सत्रमा बसेर छलफल गर्न उनले सदस्यहरुलाई आग्रह गरे ।

सभामा संस्थाका अध्यक्ष तुईलाल श्रेष्ठले सदस्यहरुको आर्थिक, सामाजिक तथा साँस्कृतिक उन्नतिका लागि २०५७ सालमा २८ जना शेयर सदस्य र ७ लाख रकमबाट संस्था सुरु गरेको बताए । गत आर्थिक बर्षको असार मसान्तसम्म आइपुग्दा संस्थामा ५५२९ सदस्य र १३ करोड ५० लाख ९६ हजार शेयर पुँजी पुगेको उनको भनाई छ । सरकारले अर्थतन्त्रको ३ मध्ये एउटा खम्बाको रुपमा सहकारीलाई लिएको र सहकारीले पनि सोही अनुरुप काम गर्नुपर्ने उनले जनाए ।

संस्थाले सहकारी मूल्य, मान्यता र सिद्धान्तलाई आत्मसात गर्दै नीति, विधि र प्रविधिमा रहेर सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्दै आएको अध्यक्ष श्रेष्ठले बताए । सदस्यहरुलाई अझै सहज र सरल रुपमा सेवा प्रदान गर्न संस्थाले बालकुमारी स्मार्ट मोबाईल बैकिङ्ग सेवा समेत सञ्चालन गरेको उनले बताए । संस्थाको लक्ष्य भनेको वित्तीय पहुँच, गुणस्तरी सेवा तथा सन्तुष्टी, कुशल तथा स्तरीय सञ्चालन र निरन्तर सिकाई तथा स्वनियमन रहेको छ ।

संस्थाले चालु आर्थिक बर्षमा सदस्य अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्ने, बालकुमारी छात्रावृत्तिलाई निरन्तरता दिने, कार्यक्षेत्र र सेवाकेन्द्र विस्तार गर्ने तथा सञ्चालक समिति र कर्मचारीहरुको लागि तालिम तथा गोष्ठीको आयोजना गर्ने उनले बताए ।

bal kumari 2.JPG

सभामा संस्थाका सचिव पृथ्वीराम श्रष्ठले आर्थिक बर्ष २०७९/८० को प्रतिवेदन सभामा प्रस्तुत गर्दै गत आ.व.मा महिला सचेतना कार्यक्रम, सदस्य शिक्षा कार्यक्रम, स्तन तथा पाठेघर मुखको जाँचका लागि नि: शुल्क शिविर, बचत तथा ऋण सम्बन्धी जानकारीमुलक कार्यक्रम तथा विस्तारित मञ्च र वित्तीय साक्षरता जस्ता कार्यक्रमको आयोजना गरेको बताए ।

संस्थाका कोषाध्यक्ष सुदिप श्रष्ठले आर्थिक बर्ष २०७९।८० को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै शेयर पुँजी १३ करोड ५० लाख ९६ हजार, जगेडा तथा अन्य कोष २२ प्रतिशतले वृद्धि भई ८ करोड १७ लाख १९ हजार, बचत १ अर्ब ६३ करोड १८ लाख र ऋण लगानी १ अर्ब ३३ करोड ७७ लाख पुगेको बताए । संस्थाले गत आ.व.मा १४.५२ प्रतिशतले नाफामा वृद्धि गरी खुद नाफा ३ करोड १५ लाख ११ हजार गर्न सफल भएको छ ।

संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक चन्द्रमोहन श्रेष्ठले समितिको प्रतिवेदन प्रस्तुत गर्दै ऋण लगानीका लागि नयाँ क्षेत्र पहिचान गरी अघि बढाउन तथा सञ्चालक, समिति, लेखा समिति र कर्मचारीलाई आवश्यकता अनुसार तालिम प्रदान गर्न सुझाव दिए ।

सभामा ज्येष्ठ सदस्य र एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने सेयर सदस्यका छोराछोरीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।