सोमबार, कार्तिक १० गते २०८३

नेफ्स्कूनको नवनिर्वाचित टिमलाई सहकारी महासंघमा स्वागत

पौष ११, २०८० बुधबार
नेफ्स्कूनको नवनिर्वाचित टिमलाई सहकारी महासंघमा स्वागत

 

राष्ट्रिय सहकारी महासंघले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि नेफ्स्कून को ३२ औं बार्षिक साधारणसभाबाट निर्वाचित संचालक समिति तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना ज्ञापन गरेको छ । 

बुधबार आयोजित एक कार्यक्रममा अध्यक्ष मिनराज कँडेल, निवर्तमान अध्यक्ष केशव बडाल, वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल, उपाध्यक्ष रमेश पोखरेल तथा संचालक लगायतले नेफ्स्कूनका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाल, संचालक तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारी तथा सदस्यहरुलाई महासंघको कार्यालयमा स्वागत गर्दै कार्यकालको सफलताका लागि शुभकामना तथा बधाइ ज्ञापन गरेका हुन् ।

nefscun in mahasangh.jpg