नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को नयाँ नेतृत्व चयनको लागि भएको निर्वाचन सम्पन्न भएको छ । नेफ्स्कूनको ३२ औं साधारण सभामार्फत् नयाँ सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति चयन हुन लागेकाे हाे ।
त्यसका लागि आज काठमाडौंको प्रज्ञा भवनमा मतदानकाे कार्य सम्पन्न भएको छ। समाचार स्रोतका अनुसार २२४९ मत खसेको छ। विद्युतीय माध्यमबाट निर्वाचन गरिएकाले केही समयभित्र नै मत परिणाम सार्वजनिक गरिने निर्वाचन उप समितिले जनाएको छ। दिउँसो २ बजेदेखि जारी मतदानमा बेलुकी ७ः५५ मा सकिएको हो ।
नेपालपत्र संवाददाता