नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. (नेफस्कुन)को नयाँ सञ्चालक समिति निर्वाचन अन्तर्गत मतदान जारी रहेकाे छ । आइतबार दिउँसाे २ बजे देखि जारी मतदानमा करिब २०० जनाले मतदान गरिसकेकाे नेफ्स्कुन निर्वाचन समितिले जानकारी दिएकाे छ । देशभरबाट करिब २६०० मतदाता रहेकाे र इलेक्ट्राेनिक भाेटिङ मेसिनबाट उत्साहजनक मतदान भइरहेकाे समितिले जनाएकाे छ।

नेपालपत्र संवाददाता