नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को निर्वाचनमा लुम्बिनी प्रदेशको सञ्चालकमा ज्ञानु पौड्यालले उम्मेदवारी दिएकी छिन् । पौड्यालले परितोष पौड्याल समूहबाट उम्मेदवारी दिएकी हुन् । विगत १९ वर्षदेखि सहकारी अभियानमा क्रियाशिल पौड्याल रुपन्देहीको तिलोत्तमा(१५, कोटहवामा प्रधान कार्यालय रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष हुन् । जनउत्थानमा ४१ हजार सदस्य आवद्ध छन् । तीनै ४१ हजार सदस्यको नेतृत्व गरिरहेकी पौड्याल सफल महिला सहकारी अभियन्ता हुन् । जनउत्थान सहकारीमा उनको यो दोस्रो कार्यकाल हो ।
सहकारी अभियान र सामाजिक कार्यमा लागेर थुप्रै सम्मान तथा पुरस्कार समेत पौड्यालले हात पारेकी छिन् । उत्कृष्ट संस्थापक अध्यक्ष पुरस्कार (२०७५, नेफ्स्कून) सुप्रबल जनसेवाश्री मानपदवी (२०७९, नेपाल सरकार), जनसेवा मानपदवी पुरस्कार (२०७३, नेपाल सरकार) बाट समेत सम्मानित पौड्याल अन्तर्राष्ट्रिय सहकारी महासंघ–एसिया एण्ड प्यासिफिक कमिटी अन वुमको सदस्य समेत सदस्य हुन् । पौड्याल स्थरीकरण कोष सञ्चालन समिति सदस्य समेत हुन् ।
भारत, मलेसिया, श्रीलंका, फिलिपिन्स, थाइल्याण्ड, सिंगापुर, अमेरिका, अष्ट्रेलिया, स्वीजरल्याण्ड, फ्रान्स, बेल्जियम, डेनमार्क, निदरल्याण्ड, स्वीडेन र जर्मनीको सहकारी अध्ययन तथा भ्रमण गरेर सिकेका कुरा आफू आवद्ध संस्थामा लागू गर्न सक्षम सहकारी अभियन्ता हुन् पौड्याल । उनै पौड्यालले नेतृत्व गरिरहेकी संस्था जनउत्थान बचत तथा ऋण सहकारी नेपालमा मात्रै नभई एशिया कै उत्कृष्ट संस्था हो । जनउत्थानले एक्सेस सिल्भर ब्राण्ड (२०२३, एशियाली ऋण महासंघ), प्रोवेसन ब्राण्ड (२०७७, नेफ्स्कून) उत्कृष्ट सहकारी पुरस्कार (२०७४, भूमिव्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय), उत्कृष्ट करदाता सम्मान (२०७४, आन्तरिक राजस्व कार्यालय, भैरहवा), नेपालको सर्वोत्कृष्ट साकोस (२०७८, नेफ्स्कून), उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार (२०७८, राष्ट्रिय सहकारी महासंघ), कोभिड अवधिमा उत्कृष्ट सेवा सम्मान (२०७७, नेफ्स्कून) प्राप्त गरेको छ ।
साकोस ऐन तथा नियमावलीको लागि आवश्यक पैरवी र पहल गर्न, ऋण असुली न्यायाधिकरण, कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायधिकरण बचत सुरक्षण कोष, स्थिरीकरण कोषको प्रभावकारी कार्यान्वयन, स्वनियमनमार्फत सुशासन प्रबद्र्धन, साकोस अभियानमा सुशासनको अक्षरस पालना गराउन आफ्नो उम्मेदवारी रहेको उनले बताइन् ।
त्यस्तै, अभियानकर्मीहरुको ऐक्यद्धतामा सुसम्बन्ध स्थापना गर्न, साकोस तथा नेफ्स्कूनको छविलाई उच्च र सम्मानजनक बनाउन, सबैको मानसपटलमा बस्ने साकोस अभियानको संस्कृति स्थापना गर्न, साकोसको समस्या र चुनौतीलाई लिएर नीतिगत बहस पैरवी गर्न, साकोस सहजिकरणको पुनःसंरचनामा आवश्यक नीतिगत पैरवी गर्न, दीगो सञ्जाल व्यवस्थापन ढाँचा विकास गर्न, सबै सदस्य साकोसहरुलाई आवश्यकता पहिचान गरी तालिम तालिम तथा शिक्षाको व्यवस्था गर्न, उद्यमशीलता विकासका कार्यक्रमहरु सञ्चालन गर्न सदस्यहरुको व्यवस्थापन सहजीकरणमार्फत अविभावकत्व, प्राविधिक रुपमा सञ्जालीकरण र न्यूनलागतका स्रोतहरु बचत तथा ऋण सहकारीहरुमार्फत परिचालन गर्न आफ्नो उम्मेदवारी रहेको उनले बताइन् ।
नेपालपत्र संवाददाता