सोमबार, कार्तिक १० गते २०८३

नेफ्स्कूनको लेखा सदस्यमा दुर्गा  सञ्जेल निर्विरोध  


पौष ८, २०८० आइतबार
नेफ्स्कूनको लेखा सदस्यमा दुर्गा  सञ्जेल निर्विरोध  

 

नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) को ३२ औं वार्षिक  साधारणसभाबाट लेखा सुपरीवेक्षण समितिको महिला सदस्यमा दुर्गा तिवारी सञ्जेल निर्विरोध निर्वाचित भएकी छन् ।

  लेखा सुपरीवेक्षण समितिको सदस्य (महिला) तर्फ २ जनाको उम्मेदवारी परेको थियो । परितोष पौड्याल प्यानलबाट दुर्गा तिवारी सञ्जेल र अर्का उम्मेदवार चन्द्र प्रसाद ढकाल प्यानलबाट शुभद्रा नेपालको उमेदवारी परेको थियो । निर्वाचन उपसमितिले उमेदवारको योग्यता नपुगेको भन्दै नेपालको उमेदवारी खारेज दिएको हो । नेपालको उमेदवारी खारेज भएपछि सञ्जेल निर्विरोध निर्वाचित  भएकी हुन्।