सोमबार, कार्तिक १० गते २०८३

नेफ्स्कून निर्वाचनः ३ जनाको उम्मेदवारी खारेज 


पौष ८, २०८० आइतबार
नेफ्स्कून निर्वाचनः ३ जनाको उम्मेदवारी खारेज 


नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून )को निर्वाचन उपसमितिले ३ जनाको उम्मेदवारी कायम नरहने सूचना निकालेको छ । 

जसमा गण्डकी प्रदेशबाट सञ्चालक पदमा उम्मेदवारी दिएका शिवजी अधिकारी , सञ्चालक सदस्य महिलातर्फकी राधा कडरिया र लेखा सुपरीवेक्षण समिति सदस्य महिलातर्फ शुभद्रा नेपाल रहेकी छिन् ।  निर्वाचन उपसमितिले उमेदवारको योग्यता नपुगेको भन्दै उम्मेदवारी नरहने सूचना निकालेको हो । नेफ्स्कूनको नयाँ सञ्चालक समिति चयनका लागि आज मतदान हुने भएको छ । निर्वाचन उपसमितिले सम्पूर्ण प्रक्रिया पुरा गरिसकेको  र बिद्युतिय माध्यमबाट निर्वाचन हुने जानकारी दिइएको छ । 

ebed715f-ff43-410a-9912-a79867be04b9.jpg उनीहरुले चन्द्र प्रसाद ढकाल समुहबाट सयुक्त प्यानलमा उम्मेदवारी दिएक थिए ।