सोमबार, कार्तिक १० गते २०८३

नेफस्कूनद्वारा साकोस अभियानको उत्कृष्ट व्यवस्थापकको रुपमा कृष्णकुमार श्रेष्ठ सम्मानित


पौष ७, २०८० शनिबार
नेफस्कूनद्वारा साकोस अभियानको उत्कृष्ट व्यवस्थापकको रुपमा कृष्णकुमार  श्रेष्ठ सम्मानित


चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाका सीइओ कृष्णकुमार श्रेष्ठ मुलुभरकै साकोसहरुमध्येका उत्कृष्ट व्यवस्थापक रुपमा सम्मानित भएका  छन् । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन)को आज  सम्पन्न  ३२ औं साधारण सभामा  श्रेष्ठलाई नेपालभरीको साकोस अभियानको उत्कृष्ट व्यवस्थापकको रुपमा प्रशंसा पत्र र नगद  सहित पुरस्कृत गरिएको छ  ।

नेफ्स्कुनले ३६औं स्थापना दिवसको अवसरमा  सीइओ श्रेष्ठलाई उत्कृष्ट व्यवस्थापकको रुपमा घोषित गरेको थियो । सहकारी क्षेत्रमा २३ वर्षदेखि क्रियाशील श्रेष्ठले विभिन्न बचत तथा ऋण सहकारी संस्थाको सीइओको रुपमा काम गरेका छन् । उनले दोलखा, काभ्रे र काठमाण्डौमा रहेका उत्कृष्ट संस्थाहरुमा सीइओको जिम्मेवारी बहन गरिसकेका छन् । 

ग्रामीण विकास विषयमा स्नातकोत्तर गरेका श्रेष्ठ सहकारी क्षेत्रका प्रखर व्यक्तित्वको रुपमा परिचित छन् । उनी सहकारी क्षेत्रको वित्तीय योजना र मानव संशाधन व्यवस्थापनमा पनि विशेष दख्खल राख्छन् । यस अघि सन् २०११ मा पनि उनी नेफ्स्कुनबाटै उत्कृष्ट व्यवस्थापकका रुपमा सम्मानित भइसकेका छन् ।