सोमबार, कार्तिक १० गते २०८३

यी संस्थाले पाए प्रोबेशन ब्राण्ड


पौष ७, २०८० शनिबार
यी संस्थाले पाए प्रोबेशन ब्राण्ड


चार वटा बचत तथा ऋण सहकारी संस्थाले  पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम प्रोबेशन ब्राण्ड प्राप्त गरेका छन् । आर्थिक वर्ष २०७९\८० को प्रोबेशन अन्तिम परिक्षणमा सहभागी १२ मध्ये ४ साकोसले ब्राण्ड प्राप्त गरेका हुन् । नेफ्स्कूनले प्रदान गर्ने प्रोबेशन ब्राण्ड नेपाल सरकारको मान्यता प्राप्त ब्राण्ड हो ।

यस वर्ष काठमाडौंको ज्ञानज्योति महिला उत्थान बचत तथा ऋण सहकारी संस्था लि, ललितपुरको ठेचो महिला जागरण बचत तथा ऋण सहकारी संस्था लि, कास्कीको जनसेवा बचत तथा ऋण सहकारी संस्था लि तथा सल्यानको ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि ले ब्राण्ड प्राप्त गर्न सफल भएका हुन्।

उक्त साकोसहरुलाई नेफ्स्कूनको ३२औं वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रममा आज ब्राण्ड प्रदान गरिएको हो । सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले साकोसका प्रतिनिधिहरुलाई ब्राण्ड प्रदान गरेका थिए ।