सोमबार, कार्तिक १० गते २०८३

नवजीवन सहकारी संस्थाको ३०औँ साधारणसभा सम्पन्न, नवजीवन ब्राण्ड चामल ल्याउने तयारी गर्दै


पौष ३, २०८० मंगलबार
नवजीवन सहकारी संस्थाको ३०औँ साधारणसभा सम्पन्न, नवजीवन ब्राण्ड चामल ल्याउने तयारी गर्दै

 

धनगढीमा प्रधान कार्यालय रहेको नवजीवन सहकारी संस्थाको ३०औँ वार्षिक साधारण सभा तथा वार्षिकोत्सव समारोह सम्पन्न भएको छ। संस्थाले सेयर सदस्य, सञ्चालक समिति, पूर्व समिति सदस्यहरू र कर्मचारीको उपस्थितिमा साधारण सभा तथा वार्षिकोत्सव संयुक्त रुपमा मनाएको हो ।

वि।स २०४९ सालमा सामुदायिक विकास कोषबाट सुरु भएकाृ नवजीवन सहकारी संस्थामा हाल ३२ हजार ९ सय ७५ सेयर सदस्य आवद्ध छन् । वि।स २०५० मंसिर ३० गतेदेखि ६४ जना सेयर सदस्यबाट नवजीवन सहकारीको नामबाट विधिवत् सुरुवात भएको थियो । हाल संस्थाको सेयर पुँजी २८ करोड २४ लाख र जगेडा तथा कोषहरूमा ५५ करोड ५४ लाख रहेको छ । संस्थाले ४ अर्ब ४१ करोड ४५ लाख बचत संकलन गरी ३ अर्ब ९१ करोड ४६ लाख बराबर ऋण लगानी गरेको गर्न सफल भएको संस्थाका अध्यक्ष देव बहादुर बमले जानकारी दिए । संस्थामा २७ प्रतिशत तरलता रहेकाे र गत आवमा नवजीवन सहकारीले १२ करोड ४८ लाख मुनाफा कमाएको अध्यक्ष बमले जानकारी दिए ।

संस्थाले सेयर सदस्यहरूलाई लाभांशको अलवा संरक्षित पुँजी फिर्ता कोषबाट समेत रकम उपलब्ध गराउँदै आएको छ । यस वर्ष उक्त कोषबाट २ करोड १९ लाख रकम सदस्यहरूको बचत तथा कर्जाको अनुपातमा वितरण गरिने जनाइएको छ । सेयर सदस्यहरूले बचत गरेको आधारमा ४० प्रतिशत र ऋण लिएका सदस्यहरूको खातामा ६० प्रतिशतले हुन आउने रकम जम्मा गरिने अध्यक्ष बमले बताए ।

संस्थाले डेढ बिघा जमिनमा गोदाम घर निर्माण गरी धान संकलन गर्दै आइरहेको छ । भविष्यमा कुटानी, पिसानी र पेलानीका लागि मिल संचालन गर्न प्रक्रिया अगाडी बढाइसकेको बताइएको छ । गत वर्ष संस्थाले ४ हजार ८ सय क्वीन्टल धान खरिद गरी बिक्री गर्दा १६ लाख मुनाफा कमाएको थियो ।

निकट भविष्यमा सहकारीले नवजीवन ब्राण्डको चामल उत्पादन गर्ने तयारी गरिरहेको बताइएको छ । संस्थाले सम्बन्धित निकायबाट अनुमति लिइसकेकाले नवजीवन ब्राण्डको चामल बिक्री गर्न धान खरिद गर्ने काम भइरहेको संस्थाका अध्यक्ष बमले जानकारी दिए ।