सोमबार, कार्तिक १० गते २०८३

नेपाल पर्यटन केन्द्रीय सहकारी संघको दशौं वार्षिक साधारणसभा सम्पन्न 


पौष १, २०८० आइतबार
नेपाल पर्यटन केन्द्रीय सहकारी संघको दशौं वार्षिक साधारणसभा सम्पन्न 


नेपाल पर्यटन केन्द्रीय सहकारी संघ लोमिटेडको दशौं वार्षिक साधारणसभा  सम्मपन्न भएको छ । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको हलमा  हिजो  संघका अध्यक्ष रामशरण शर्मा घिमिरेको अध्यक्षता र राष्ट्रिय सहकारी विकास बोर्डका सह अध्यक्ष मित्रराज दवाडीको प्रमुख आतिथ्यतामा  सभा सम्पन्न सम्पन्न भएको हो ।

संघका महासचिव देवराज पराजुलीले सञ्चालन गरेको  कार्यक्रममा बागमती प्रदेश सभाका सदस्य ज्ञान बहादुर तामाङ, विकास  विज्ञ लोकराज भट्टराई, पर्यटन विज्ञ विकेश श्रेष्ठ र राम पट्टेल, बागमती प्रदेश सहकारी संघका उपाध्यक्ष सीता ढकाल र व्यवस्थापक रुपक घिमिरे, ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका व्यवस्थापक सन्तोष बजगाईंको आतिथ्यता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि मित्रराज दवाडीले पर्यटनको विकासमा सहकारीले रचनात्मक रुपमा सहयोग पुर्याउने भएको हुनाले पर्यटन र सहकारीलाई सँगसँगै लानुपर्ने  बताए। संघसँग सहकार्य गरेर कार्यक्रम गर्नका लागि बोर्ड तयार रहेको उनको भनाई छ । संघका अध्यक्ष घिमिरेले संघलाई सक्रिय बनाई निरन्तर रुपमा कार्यक्रमहरु सञ्चालन गर्ने  बताए। संघको कार्यक्षेत्र व्यापक भएकाले विभिन्न निकायहरुसँग समन्वय गरि सबैको अपनत्व हुनेगरी संघलाई अगाडि बढाउन लागिपर्ने  उनको भनाई छ ।