सोमबार, कार्तिक १० गते २०८३

सहकारी पत्रकार समाजको अध्यक्षमा श्रेष्ठ पुनः निर्वाचित


मंसिर २९, २०८० शुक्रबार
सहकारी पत्रकार समाजको अध्यक्षमा श्रेष्ठ पुनः निर्वाचित

नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को अध्यक्षमा काजी श्रेष्ठ पुनः निर्वाचित भएका छन् ।

सीजेएनको १३ औ बार्षिक साधारणसभाबाट पुन: श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको हो । संस्थाको उपाध्यक्षमा अर्जुन खतिवडा, सचिवमा सन्तोष रोकाया, सह–सचिवमा सुधा देवकोटा र कोषाध्यक्षमा माधव कुमार खड्का चयन भएका छन् ।

यस्तै सदस्यहरुमा नमिता दुलाल र बलराम बुढाथोकी रहेका छन् । नवनिर्वाचित कार्यसमितिलाई मुख्य निर्वाचन अधिकृत बिष्णु गिरीले प्रमाणपत्र वितरण गरेका थिए ।

नवर्निवाचित अध्यक्ष श्रेष्ठले सबै सदस्यलाई साथमा लिएर अगाडि बढ्ने प्रतिबद्धता जनाए ।