संघिय सहकारी विभागको रजिष्ट्रारमा पिताम्बर घिमिरे नियुक्त भएका छन् । यस अघिका रजिष्ट्रार नमराज घिमिरेको सरुवासँगै उनलाई रजिष्ट्रारको जिम्मेवारी दिइएको हो ।
घिमिरे यस अघि भूमि ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा कार्यरत थिए । निजामति सेवामा २५ वर्ष बिताएका घिमिरेले त्यस अवधि विभिन्न सरकारी निकायहरुमा रहेर काम गरिसकेका छन् । उनी भूमि व्यवस्थापन तथा अभिलेख विभागको महानिर्देशक भइसकेका छन् भने विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी भएर अनुभव हासिल गरेका छन् ।
घिमिरेलाई मंसिर २५ गतेदेखि सहकारी विभागको रजिष्ट्रारको जिम्मेवारी दिइएको हो । ।