सोमबार, कार्तिक १० गते २०८३

काभ्रेमा जिल्ला बचत संघकाे आयोजनामा खराब कर्जा व्यवस्थापन तालिम

मंसिर २४, २०८० आइतबार
काभ्रेमा जिल्ला बचत संघकाे आयोजनामा खराब कर्जा व्यवस्थापन तालिम

 

काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण संघ लि. को आयोजनामा भाखा नाघेको ऋण व्यवस्थापन तथा असुली सम्बन्धी तालिम सम्पन्न भएको छ । संघको शिक्षा तथा तालिम उप समितिका संयोजक निर्मला श्रेष्ठको सभापतित्वमा तालिम कार्यक्रम सञ्चालन भएको हो । 

तालिम र्कायक्रममा विभिन्न सहकारी संस्थाहरुबाट ४३ जनाको सहभागितामा रहेको थियो । राष्ट्रिय सहकारी बैंक लि.का तालिम अधिकृत बल्लभ तिमल्सिनाको प्रशिक्षणमा भाखा नाघेको ऋण व्यवस्थापन तथा असुलीको कानुनी प्रक्रिया सम्बन्धी प्रशिक्षण गरिएको हो । 

कार्यक्रममा संघका संचालक सदस्य बालकृष्ण दाहालले स्वागत मन्तव्य राख्दै सहकारी संस्थाको कमजोर पक्ष भनेको ऋण लगानीमा लचकताका कारणले गर्दा र ऋण नीति अनुसारको सम्पुर्ण प्रक्रिया पुरा नगरी लगानी गर्नु र समयमा नै असुलीको प्रक्रिया अबलम्न गर्न नसक्नु, अधिकृत लगानी बिना धितो गर्नुको कारण समस्यामा परेको उल्लेख गरे । 

संघका अध्यक्ष उदयराम कायस्थले केहि सहकारी संस्थामा बचत फिर्ताको चाप पर्नुमा सदस्यले संस्थालाई विश्वासमा गर्न नसक्नु, संस्थाले सुरक्षित तवरले लगानी गर्न नक्सनु, ऋणीको क्षमताको जाँच नगरि क्षमता भन्दा बढी लगानी गर्नु, संस्थाको कुल प्राथमिक पुँजीले भ्याउने भन्दा ठुलो ऋण एकै व्यक्तिलाई लगानी गर्नु, लगानीको अनुपात विश्लेषण नगरी अधिकांश लगानी अनुपात्दक क्षेत्रमा गरेकाले भएकाे जनाए ।

संस्थाहरुले आन्तरिक नीति, विधि र प्रविधिलाई कार्यान्वयनमा ल्याउन नसक्नु र सहकारी मुल्य, मान्यता र सिद्धान्त भन्दा बाहिर गई प्राइभेट कम्पनी जसरी संस्था संचालन गर्नु समय सापेक्ष अनुसार संचालक समिति र कर्मचारीहरुमा उचित शिक्षा तालिमको प्रदान नगर्नु र वित्तिय व्यवस्थापन गर्न नजान्दाको परिणाम सदस्यको बचत डुब्नु, संस्थाको आम्दानी डुब्नु, सम्पति डुब्नु, इज्जत डुब्नु र कर्मचारीको भविष्य समेत डुबेको पाइएको हुँदा नीति र विधिलाई आत्मसाथ गरेर अगाडि बढ्न सम्पुर्ण सहभागीहरुलाई आग्रह गरे। 

कार्यक्रममा सहभागीहरुलाई प्रमाण पत्र वितरण र प्रशिक्षकलाई खादा र प्रंशसा पत्र प्रदान गर्दै कार्यक्रमका सभापति निर्मला श्रेष्ठले तालिम गर्नुको उद्देश्य, पृष्ठभुमि र औचित्य बारे प्रष्ट पार्नुभएको तालिममा संघका संचालक सदस्य ज्ञानु दाहाल, ऋण उप समितिका सदस्य जयप्रसाद मानन्धर, संघका प्रबन्धक गुरु प्रसाद ढकाल लगाएतको उपस्थिति रहेको तालिमको उद्घाटन र समापन कार्यक्रमको संचालन संघका प्रबन्धक रवि केसीले गरेका थिए ।