दोलखाको बैतेश्वर गाउँपालिका ५ मैनापोखरीमा मुख्य कार्यालय रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्था सम्मानित भएको छ । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. (बागमती प्रोस्कून) ले तेस्रो बार्षिक साधारण सभाको अवसरमा उक्त संस्थालाई सम्मानित गरेको हो ।
बागमती प्रोस्कूनले आ.व. २०७९/८० को उत्कृष्ट लगानीकर्ताको रुपमा संस्थालाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले उक्त सम्मान प्रदान गरेका थिए । संस्थाका अध्यक्ष माधवप्रसाद दाहाल र व्यवस्थापक भेषराज मिजारले सम्मान पत्र ग्रहण गरेका थिए ।
नेपालपत्र संवाददाता