सोमबार, कार्तिक १० गते २०८३

 सिवाईसी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः चण्डिप्रसाद शर्मा


मंसिर १७, २०८० आइतबार
 सिवाईसी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः चण्डिप्रसाद शर्मा

 सिवाईसी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः चण्डिप्रसाद शर्मा सर्वसम्मत चयन भएक छन् ।   सिवाईसी साकोसको १४ औं वार्षिक साधारण सभाबाट पौडेल नेतृत्वको १५ सदस्यीय संचालक समिति निर्वाचित भएको हो ।  समितिको उपाध्यक्षमा सिता देवी सापकोटा कँडेल, सचिवमा ज्ञानेन्द्रराज पन्त, सहसचिवमा सुवास आचार्य, कोषाध्यक्षमा मोहन प्रसाद उपाध्याय निवार्चित हुनुभएको छ ।

सदस्यहरुमा मोतिराम गौतम, कृष्णप्रसाद रिजाल, पुतली थापा, चुडामणी कँडेल, राम बहादुर खत्री, इन्दिरा पान्डे पन्त, भोलानाथ आचार्य, गोपाल कुमार शर्मा, सिर्जना अधिकारी पौडेल र अनिता सापकोटा निर्वाचित  भएक छन् ।  साकोसको लेखा सुपरिवेक्षण समितिको संयोजकमा पदमपाणी शर्मा, सदस्यमा केशवप्रसाद वझा र सितादेवी सापकोटा कँडेल निर्वाचित  भएका छन् ।  

सीवाईसीमा हाल २५ हजार ३ सय सेयर सदस्य छन् भने बालबचतकर्ता ४ हजार ७ सय ५० छन् ।  संस्थाको सेयर पुँजी ३९ करोड ४४ लाख ४४ हजार, लगानी १ अर्व ४५ करोड ९३ लाख ७९ हजार १ सय १९, बचत १ अर्ब ३८ करोढ ४५ लाख बढी रहेको छ । अहिले सहकारीमा असार मसान्तसम्म ४७ करोड ५४ हजार   बैंक तथा नगद मौजाद रहेको छ ।