‘कोप होमस्टे तथा पर्यटन सहकारी’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
मास्के मल्टिप्रर्पोज एग्रीकल्चर एण्ड रिसर्च प्रा.लि. चितवनको आयोजना तथा नेपाल पर्यटन केन्द्रीय सहकारी संघ लिमिटेडको सहकार्यमा कोप होमस्टे तथा पर्यटन सहकारी विषयक १ दिने अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।
मास्के मल्टिपर्पोज एग्रिकल्चर एण्ड रिसर्च प्रा.लि. का सञ्चालक धन बहादुर श्रेष्ठ मास्केको सभापतित्व तथा नेपाल पर्यटन केन्द्रीय सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राप्ती नपा २ का अध्यक्ष सिद्विलाल स्याङतान, कोप होमस्टे तथा पर्यटन सहकारी अभियन्ता राम पटेल, आदिवासी कोप होमस्टे समुह तथा कठार कोप सहकारी संस्थाका अध्यक्ष रामेश्वर चौधरीको आतिथ्यता रहेको थियो ।
स्थानिय समुदायका ५५ जनाको उपस्थिति रहेको कार्यक्रममा प्रमुख अतिथि रामशरण शर्मा घिमिरेले पर्यटनको विकासबाट मात्र मुलुकको समृध्दि सम्भव भएको हुनाले स्थानिय स्रोत र साधनको प्रचारप्रसारमा पर्यटन सहकारीले महत्वपूर्ण भुमिका खेल्ने जानकारी गराएका थिए ।