कुटुम्ब बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । काठमाण्डौको कोटेश्वरमा अवस्थित संस्थाको १२औं स्थापना दिवसको अवसरमा शनिवार रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
संस्थाका व्यवस्थापक खेलनाथ सिग्देलका अनुसार कार्यक्रममा १२ जना महिला र ३२ पुरुष गरी ४४ जनाले रक्तदान गरेका छन् । रगतको अभाव रहेकोले केहि मात्रामा भएपनि आपूर्ति सहज गराउने उदेश्यका साथ रक्तदान कार्यक्रम आयोजना गरिएको उनले जनाए । कार्यक्रममा ब्लड डाेनर्स एसाेसिएसन (ब्लाेदान) पूर्वी भेगिय क्षेत्रिय समितिकाे संयाेजन रहेकाे थियाे भने कान्तिपुर रक्तसञ्चार केन्द्रले प्राविधिक सहयाेग प्रदान गरेकाे थियाे ।
कुटुम्ब साकोसले स्थापना दिवसका अवसरमा नियमित रुपमा तथा अन्य समयमा समेत आकस्मिक कार्यक्रम पनि गर्दै आएको छ । कार्यक्रम नि:शुल्क दन्त परीक्षण समेत गरिएको थियो ।


नेपालपत्र संवाददाता