सोमबार, कार्तिक १० गते २०८३

लामोसाँघु सहकारीद्वारा  सहुलियत ब्याजदरमा कृषि औजार ऋण प्रदान 


मंसिर ८, २०८० शुक्रबार
लामोसाँघु सहकारीद्वारा  सहुलियत ब्याजदरमा कृषि औजार ऋण प्रदान 

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ८ लामोसाँघुमा रहेको  लामोसाँघु बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई ६ प्रतिशत ब्याजदरमा कृषि औजार खरिद कर्जा प्रदान गरेको छ ।  संस्थाले एक बर्षका लागि ६ प्रतिशत ब्याजदरमा ५० हजारसम्म उक्त ऋण प्रदान गरेको हो ।

सहुलियत ब्याजदरमा कृषि औजार खरिद कर्जा अन्तरगत विभिन्न मोडेलका हाते ट्याक्टरर  मिनिटेलर सदस्यहरुको माग बमोजिम पहिलो  चरणमा १० जना सदस्यहरूलाई हस्तान्तरण गरिएको संस्थाले जनाएको  छ । संस्थाको योजना अनुसार अझै उक्त कर्जाको बजेट बाँकी रहेको हुँदा कृषि औजार सामाग्री खरिद गर्न इच्छुक सदस्यहरुले संस्थामा सम्पर्क  गर्न आग्रह गरेको छ ।

सदस्यहरुले आवश्यकता अनुसार  बाली संरक्षण सम्बन्धि उपकरणहरु, फलफूल खेती,पोष्ट हार्भेष्ट, साना घरेलु उद्योग, सिंचाई उपकरणहरु,जमिन तयार गर्ने  , धान तथा विरुवा रोप्ने , बाली कटान गर्ने /झार्ने , पशुपालन र मकै खेती सम्बन्धि उपकरणहरु खरिद गर्न सक्ने  छन् ।