सोमबार, कार्तिक १० गते २०८३

सगुन साकोस उत्कृष्ट करदाताको रुपमा सम्मानित 


मंसिर ८, २०८० शुक्रबार
सगुन साकोस उत्कृष्ट करदाताको रुपमा सम्मानित 


सगुन बचत तथा ऋण सहकारी संस्था  सम्मानित भएको छ ।  हरिवन सर्लाही करदाता सेवा कार्यालय लालबन्दी अन्तरगत सबैभन्दा बढी आयकर दाखिला गरेको भन्दै संस्थालाई राष्ट्रिय कर दिवसकको अवसरमा  सम्मान गरेको हो । करदाता सेवा कार्यालय लालबन्दीले राष्ट्रिय कर दिवस २०८० को अवसरमा आयोजित कर सप्ताह समापन समारोहमा आयकर तर्फ सर्वाधिक कर तिर्ने करदाताको रुपमा सम्मान गरेको हो ।

 सगुन साकोसले गत आर्थिक वर्षमा २० लाख रुपैयाँ भन्दा बढी आयकर तथा ७० लाख भन्दा बढी श्रोतमा कर काटी कर दाखिला गरेको  जनाएको छ । कार्यक्रममा करदाता सेवा कार्यालय लालबन्दीका प्रमुख नबिन सुबेदीले सगुन साकोसका अध्यक्ष केसब प्रसाद ढकाललाई सर्वाधिक कर दाखिला गरेको कदर स्वरुप सम्मान पत्र प्रदान गरेका थिए । संस्थाका संस्थापक अध्यक्ष बाबुराम घिमिरे, प्रबन्धक रबिन्द्र राना हरिवन उधोग बाणिज्य संघका अध्यक्ष प्रयाग राज पोते लगायतका  पदाधिकारीहरुको कार्यक्रममा उपश्थिति रहेको थियो । 

सगुन साकोस त्यस क्षेत्रकै सबै भन्दा उत्कृष्ठ सहकारीको रुपमा स्थापित भएको  छ ।सस्थाको सुचना अधिकारी निरोज कुमार दहालका  अनुसार हाल सहकारीको कुल सम्पती १ अर्ब ५६ करोड रुपैयाँ हारहारीमा  मा रहेको छ भने सर्लाहीका ६ स्थान बाट आफना १२ हजार २ सय  भन्दा बढी सदस्यहरुलाई सेवा प्रदान गर्दै आई रहेको छ ।