दोलखाको मैनापोखरीमा मुख्य कार्यालय रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्था सम्मानित भएको छ । नेपाल सरकारलाई सबैभन्दा बढी आयकर दाखिला गरे बापत संस्था सम्मानित भएको हो। आन्तरिक राजस्व कार्यालय धुलिखेल अन्तर्गत करदाता सेवा कार्यालय चरिकोटले १२ औँ राष्ट्रिय कर दिवस २०८०को अवसरमा संस्थालाई सम्मान गरेको हो ।
संस्थाले आर्थिक वर्ष २०७८\०७९ मा दोलखा जिल्लामै सबैभन्दा बढी करिब ८१ लाख रुपैयाँ नेपाल सरकारलाई राजस्व तिरेको संस्थाले जनाएको छ। करदाता सेवा कार्यालय चरिकोटले मंसिर १ गतेदेखि सुरु गरेको कर सप्ताहको बिहीबार मैनापोखरी कर सम्बन्धी अन्तर्क्रिया कार्यक्रम आयोजना गरी जनसचेतन सहकारीका कोषाध्यक्ष भरत केसीलाई सम्मान पत्र प्रदान गरेको थियो।
सम्मानपत्र करदाता सेवा कार्यालय चरिकोटकी कर अधिकृत सम्झना गौतमले हस्तान्तरण गरेकी थिइन।
नेपालपत्र संवाददाता