सोमबार, कार्तिक १० गते २०८३

पालुङ बहुउद्देश्यीय सहकारी उत्कृष्ट करदाताको रुपमा सम्मानित


मंसिर ७, २०८० बिहीबार
पालुङ बहुउद्देश्यीय सहकारी उत्कृष्ट करदाताको रुपमा सम्मानित


पालुङ बहुउद्देश्यीय सहकारी संस्था सम्मानित भएको छ । राष्ट्रिय कर दिवस २०८० को अवसरमा आज आन्तरिक राजश्व  कार्यालय  हेटौडाले आर्थिक बर्ष २०७८/७९मा वित्तीय क्षेत्रबाट सबैभन्दा बढी आयकर दखिला गरेको भन्दै संस्थालई उत्कृष्ट करदाताको रुपमा सम्मान गरेको हो ।

संस्थाले प्रकाशित गरेको असोस मसान्तसम्मको वित्तीय विवरण अनुसार शेयर पुँजी ९ करोड ९४ लाख ५८ हजार , जगेडा कोष ७ करोड ६५ लाख ६५ हजार र कुल सम्पत्ति १ अर्ब १९ करोड ९४ लाख रहेको छ । ६५ करोड ८७ लाख बचत रहेको संस्थाले ९१ करो १ लाख १३ हजार ऋण लगानी गरेको छ । संस्थामा ६ हजार ४१९ शेयर सदस्य र ४ हजार २३९  समुह सदस्य रहेका छन् ।