दोलखाको जिरीमा मुख्य कार्यालय रहेको एकीकृत फ्रेण्डसिप बचत तथ ऋण सहकारी संस्थाले कातिक महिनाको वित्तीय विवरण प्रकाशित गरेको छ । संस्थाले सहकारी विभागको निर्देशन अनुसार हरेक महिना समाप्त भएको एक हप्ता भित्र अघिल्लो महिनाको वित्तीय विवरण प्रकाशित गर्दै आएको छ ।
संस्थाले प्रकाशित गरेको वित्तीय विवरण अनुसार कातिक मसान्तसम्म शेयर पुँजी १० करोड ८३ लाख ७६ हजार , जगेडा कोष ६ करोड ५२ लाख ६५ हजार र अन्य कोषहरु ३ करोड ५८ लाख ६८ हजार रहेको छ । त्यसैगरी संस्थाले त्यस अवधिमा बचत संकलन १ अर्ब ७ करोड ५२ लाख ९७ हजार , ऋण लगानी १ अर्ब १ करोड ७० लाख ४३ हजार र तरलता रकम १८.४३ प्रतिशत अर्थात १९ करोड ८१ लाख ८९ हजार रहेको छ । संस्थामा १५ हजार ५०७ जना सदस्य आवद्ध रहेका छन् भने २ हजार ५९२ जना सदस्यले ऋण लिएर विभिन्न पेशा तथा व्यवसाय गर्दै आएका छन् । बाल बचतकर्ता ४ हजार ७० जना रहेको संस्थाले प्रकाशित गरेको विवरणमा उल्लेख छ ।
संस्थाको कुल सम्पत्ति १ अर्ब ३४ करोड २३ लाख ९५ हजार पुगको छ । संस्था नेफ्स्कूनले सञ्चालन गरेको एक्सेस ब्राण्डिङ कार्यक्रममा आवद्ध भएर ब्राण्ड समेत प्राप्त गरिसकेको छ । संस्थाले मुख्य कार्यालय सहित १३ वटा सेवा केन्द्रबाट सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ