अर्थतन्त्र चलायमान बनाउने बारे सरकार, राजनीतिक दल, अर्थविद र निजी क्षेत्रका प्रतिनिधिबीच सिहंदरबारमा गोलमेच बैठक भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा निजी क्षेत्र तथा सरोकारवालाहरु अथतन्त्रलाई कसरी चलायमान बनाउन सकिन्छ भन्ने विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भएको हो।
मुलुकको अर्थतन्त्रलाई थप चलायमान बनाउन सुझाव, सल्लाहसहित थप के गर्न सकिन्छ भन्ने विषयमा सरकारले निजी क्षेत्रसँग छलफल आयोजना गरेको हो ।
सरकारले आन्तरिक छलफलपछि अर्थतन्त्रका समस्या समाधानका उपाय पहिल्याउन सबै राजनीतिक दलका प्रतिनिधि, अर्थविद्, निजी क्षेत्र लगायत सरोकारवालालाई सिंहदरबार बोलाएको हो।
रेमिटेन्स, विदेशी मुद्राको सञ्चिति लगायत अर्थतन्त्रका बाह्य सूचकमा निरन्तर सुधार भइरहेपनि आन्तरिक अर्थतन्त्र मन्दीको अवस्थामा रहेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्रलाई समेत छलफलमा बोलाएका हुन्।
छलफलमा निजी क्षेत्रका प्रतिनिधिका साथै मन्त्रीहरु, राजनीतिक दलका नेता लगायत सहभागी रहेका छन्।
देशको वर्तमान अर्थतन्त्रबारे छलफल गर्न सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको थियो ।
सरकारले आन्तरिक संरचनामा के उपलब्धि भयो, वर्तमान समस्या र चुनौती तथा आगामी कार्यदिशा के लिएर अगाडि बढ्दैछौं भन्ने विषयमा निजी क्षेत्रको पनि सुझाव लिन लागेको हो ।
अर्थतन्त्रबारे छलफल गर्न सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सरोकारवालासँग गोलमेच गर्ने निर्णय गरेको थियो ।
नेपालपत्र संवाददाता