सोमबार, कार्तिक १० गते २०८३

बुडोल सामुदायिक साकोसले कामु सिइओ हटाएर माग्याे नयाँ सिइओ लागि आवेदन

मंसिर ४, २०८० सोमबार
बुडोल सामुदायिक साकोसले कामु सिइओ हटाएर माग्याे नयाँ सिइओ लागि आवेदन


काभ्रेको बनेपामा मुख्य कार्यालय रहेको बुडोल सामुदायिक सहकारी संस्थाले प्रमुख कार्यकारी अधिकृतको लागि आवेदन खुल्ला गरेको छ । कार्तिक २४ गते माग गरिएकाे आवेदन दिने अन्तिम मिति मंसिर ८ गते कार्यालय समय भित्र रहेको  छ ।

संस्थाले दशौं तहको लागि विज्ञापन खुल्ला गरेको हो । सिइओको लागि बाणिज्य विषय लिई स्नाततोकर उत्तीर्ण वा कुनै पनि विषयमा स्नातक गरी वित्तीय क्षेत्रमा अधिकृत स्तरमा रही कम्तीमा ७ बर्षको अनुभव हुनुपर्नेछ । शैक्षिक योग्यता, तालिम, अनुभव आदिको आधारमा आवेदकहरुको छोटो सूची तयार गर्ने र छोटो सूचीमा पर्न सफल आवेदकहरुलाई मात्र अन्य छनोट प्रक्रियामा सहभागी गराइने प्रकाशित सूचनामा उल्लेख छ।

यस अघिका प्रमुख कार्यकारी अधिकृत विवेकराज ठकुरीले सिइओबाट राजिनामा दिए पछि सोही संस्थामा कार्यरत आर के रायलाई निमित्त सिइओको जिम्मेवारी दिइएको थियाे।