सोमबार, कार्तिक १० गते २०८३

सहकारी बैंकका सञ्चालक देवकोटाको सवारी दुर्घटनामा परी निधन

मंसिर ४, २०८० सोमबार
सहकारी बैंकका सञ्चालक देवकोटाको सवारी दुर्घटनामा परी निधन

 

राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा राष्ट्रिय सहकारी महासंघका केन्द्रीय सदस्य एवं माधवलाल देवकोटाको सडक दुर्घटनामा परी निधन भएको छ । देवकोटा तिलोत्तमा सहकारीका अध्यक्ष समेत हुन् । 

मोटरसाइकलमा मणिग्रामतर्फ जाँदै गरेका देवकोटालाई तिलोत्तमा नगरपालिकाको ड्राइभरटोलमा ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेका देवकोटाको घटनास्थलमा नै मृत्यु भएको स्थानीयले जनाएका छन् । दुर्घटनामा तिलोत्तमा नगरपालिका–२ जानकीनगर बस्ने यादा क्षेत्रीकाे समेत मृत्यु भएकाे प्रहरीले जनाएको छ।