सोमबार, कार्तिक १० गते २०८३

नेपाली कांग्रेसकाे सहकारी विभाग प्रमुखमा कँडेल चयन

मंसिर १, २०८० शुक्रबार
नेपाली कांग्रेसकाे सहकारी विभाग प्रमुखमा कँडेल चयन

 नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल पार्टीको सहकारी विभागको प्रमुखमा चयन भएका छन् ।  पार्टी सभापति शेरबहादुर देउवाले कँडेललाई सहकारी विभागको प्रमुखमा नियुक्त गरेका हुन् ।

सभापति देउवाले १५ भदौमा १५ विभागका प्रमुख तोकेका थिए । १५ विभागको प्रमुख तोकेपनि पूर्णता भने पाउन सकेका छैनन् । प्रत्येक विभागमा प्रमुखसहित ५१ जना सम्मको समिति बनाउन सकिने विधानको व्यवस्था छ ।