ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले सहकारी अखबार डटकमका प्रधान सम्पादक खिलानाथ दाहाललाई सहकारी पत्रकारिता पुरस्कार प्रदान गरेको छ । संघको आज भएको २९ औं बार्षिक साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा उनलाई पुरस्कृत गरिएको हो । सहकारी पत्रकारिताको माध्यमबाट सहकारी अभियानको विकास र प्रवद्धनमा योगदान पुर्याएको भन्दै संघले दाहाललाई पुरस्कृत गरेको छ ।
संघका अध्यक्ष रामहरि बजगाईको सभापतित्वमा भएको कर्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले दाहाललाई नगद र प्रशंसा पत्र प्रदान गरेका थिए । दाहाल नेपाल सहकारी पत्रकार समाज (सीजेएन) का निवर्तमान अध्यक्ष समेत हुन् । विगत डेढ दशकदेखि सहकारीलाई मात्र विट बनाएर पत्रकारिता गर्दै आएका दाहाल राष्ट्रिय सहकारी बैंक लगायत अन्य संघ संस्थाबाट समेत पुरस्कृत भईसकेका छन् ।
नेपालपत्र संवाददाता