सोमबार, कार्तिक १० गते २०८३

यशोधर सहकारी संस्थाको साधारण सभा सम्पन्न,शेयर पुँजी १६ प्रतिशतले वृद्धि

कार्तिक १९, २०८० आइतबार
यशोधर सहकारी संस्थाको साधारण सभा सम्पन्न,शेयर पुँजी १६ प्रतिशतले वृद्धि


ललितपुरको बुबाहलमा रहेको यशोधर बचत तथा ऋण सहकारी संस्थाको १६ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभामा संस्थाका अध्यक्ष राजमान बज्राचार्यले संस्थाले  समुदायमा आधारित भएर सदस्य केन्द्रीत वित्तीय कारोवार गर्दै आएको बताए । सदस्यहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणको लागि संस्थाले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको उनले जानकारी दिए । सदस्यहरुको सल्लाह सुझावलाई आत्मसात गर्दै संस्था अगाडी बढेको र संस्थालाई दिगो रुपमा अगाडी बढाउन आवश्यक पुर्वधार निमार्ण गरिने पनि उनले सभामा बताए । संस्थाकी लेखा समिति संयोजक अमिता बज्राचार्यले समितिको प्रतिवेदन सभामा प्रस्तुत गर्दै मुलुकको आर्थिक मन्दीका बीचमा पनि संस्थाले सदस्यहरुलाई उत्कृष्ट प्रतिफलका साथै वित्तीय सेवा दिन सकेको बताईन् ।

सभामा कोषाध्यक्ष ज्ञानेन्द्र बज्राचार्यले अर्थिक बर्ष २०७९/ ८० कोे आर्थिक प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए । संस्थाले समुदायमा छरिएर रहेको स सानो पुँजीलाई एकीकृत रुपमा संकलन गरी सदस्यहरुको आयमुलक, सिपमुलक तथा उत्पानमुलक क्षेत्रमा लगानी गर्दै आएको उनले बताए । संस्थाले गत आर्थिक बर्षको असार  मसान्तसम्म शेयर पुँजी १६. ०४ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । त्यसैगरी त्यस अवधिमा ऋण  लगानीमा १९.५६ प्रतिशत र बचत संकलनमा ८. ९१ प्रतिशले वृद्धि गर्न सफल भएको छ । संस्थाको गत असार मसान्तसम्म शेयर पुँजी ७० लाख ५८ हजार , जगेडा तथा अन्य कोषहरुमा ३७ लाख १७ हजार , बचत संकलन १० करोड २९ लाख र ऋण लगानी ९ करोड १९ लाख रहेको छ ।

397973518_802427001684162_7289177744171109474_n.jpg

संस्थाले त्यस अवधिमा १५लाख ४९ हजार खुद नाफा  गर्न सफल भएको छ । संस्थामा ४८७ जना सदस्य आवद्ध रहेका छन् । संस्थले गत बर्ष निःशुल्क नाक , कान ,घाँटी तथा आँखा जाँच, रक्तचाप तथा सुगर जाँच,यशोधर  महाविहार बुबहाल परिसर सरसफाई र सदस्यहरुलाई धार्मिक भ्रमण गराउने जस्ता गतिविधि आयोजना गरेको थियो । संस्थाले सदस्यहरुको सहजताको लागि क्युआर कोड तथा बैंक ट्रान्सफर सुविधा सञ्चालनमा ल्याएको छ ।