सोमबार, कार्तिक १० गते २०८३

कोप होमस्टे तथा पर्यटन सहकारी अभिमुखिकरण तालिम सम्पन्न 

कार्तिक १७, २०८० शुक्रबार
कोप होमस्टे तथा पर्यटन सहकारी अभिमुखिकरण तालिम सम्पन्न 

 

चितवनको खैरहनि स्थित अनुग्रह बचत तथा ऋण सहकारी संस्था लिमिटेड तथा आदिवासी कोप होमस्टेको आयोजनामा  १ दिने कोप होमस्टे र पर्यटन सहकारी सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा  नेपाल पर्यटन केन्द्रीय सहकारी संघ  र ईको होमस्टे नेपाल तथा होमस्टे नेपाल टुरिजम सर्भिसेजको सहकार्य रहेको थियो ।

सहकारी एवम् कोप होमस्टे विज्ञ रामबाबु पट्टेल र विकेश श्रेष्ठले सहजिकरण गरेको  उक्त कार्यक्रमको पहिलो सत्रमा सभापतित्व  अनुग्रह साकोसको अध्यक्ष  वसन्त कुमार चौधरीले र दोश्रो सत्रको अध्यक्षता आदिवासी   कोप होमस्टेका अध्यक्ष डेबिड चौधरीले  गरेका थिए ।      

 अनुग्रह साकोसकी व्यवस्थापक माया चौधरीको सञ्चालनमा भएको उक्त कार्यक्रममा निजी होमस्टे र कोप होमस्टेको बारेमा सहजकर्ता रामबाबु पट्टेलले सहभागीहरुलाई जानकारी गराउँदै सामुदायिक कोप होमस्टेलाई पर्यटन सहकारीमा विकसित गराउँदै एक पालिका एक पर्यटन सहकारी, एक पालिका एक होमस्टे मेनेजरको आवश्यकता रहेको  बताए । स्थानिय जनतालाई न्यायोचित वितरण प्रणालीको मोडेल  पर्यटन सहकारी मात्र  भएको र  र पर्यटन क्षेत्रको लाभ तथा स्वामित्व  सहकारीबाट प्राप्त हुने उनले बताए ।  कार्यक्रमका  अर्का सहजकर्ता विकेश श्रेष्ठले कोप होमस्टे र पर्यटन सहकारीको  माध्मबाट मात्र समुहका सदस्यहरुले वास्तविक लाभ पाउन सक्ने  बताए । 

विशेष अतिथिको रुपमा सो वडाका वडा अध्यक्षले एक पालिका एक पर्यटन सहकारी अवधारणाको प्रशंसा गर्दै उक्त कार्यक्रम आफ्नो पालिकामा लागू गराएरै छाड्ने प््रतिवद्धता जनाए  । नेपाल पर्यटन केन्द्रीय सहकारी संघ लिमिटेडका महासचिव देवराज पराजुलीले पर्यटन सहकारीको माध्यमबाट पर्यटन क्षेत्रका बिचौलियाको अन्त्य गर्नका लागि पर्यटन केन्द्रीय सहकारी संघ लिमिटेड लागि परेको  जानकारी दिए ।

प्रमुख अतिथि रामशरण शर्मा घिमिरेले पर्यटनको विकासमा सामुदायिक कोप होमस्टेको महत्वपूर्ण भुमिका रहने कुरा बताउँदै होमस्टे मार्फत लाभ हाँसिल गर्नका लागि सम्पूर्ण सामुदायिक होमस्टेहरुलाई पर्यटन सहकारीमा आबद्ध हुनका लागि आग्रह  गरे  । यसका लागि पर्यटन सहकारी संघ सहयोग गर्न तत्पर रहेको  उनको भनाई छ। 
कार्यक्रममा आदिवासी कोप होमस्टे र अनुग्रह साकोसका सदस्य तथा स्थानिय सहभागी ५० जनालाई कार्यक्रमका प्रमुख अतिथिले प्रमाणपत्र वितरण गरि तालिम समापन भएको थियो ।