सोमबार, कार्तिक १० गते २०८३

बुडोल सामुदायिक साकोसद्वारा रजत महोत्सव शुभारम्भ,सदस्यलाई बीमा रकम हस्तान्तरण


कार्तिक ३, २०८० शुक्रबार
बुडोल सामुदायिक साकोसद्वारा  रजत महोत्सव शुभारम्भ,सदस्यलाई बीमा  रकम हस्तान्तरण

 
बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था  स्थापनाको २५ औं बर्षमा प्रवेश गरेको छ । संस्थाले सो  अवसरमा “रजत महोत्सव” सुभारम्भ कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा संस्थाका अध्यक्ष कैलाश के.सी.ले सामाजिक सञ्जाल  मार्फत  भिडियो सन्देश जारी गर्दै  रजत महोत्सव शुभारम्भ भएको घोषणा गरेका हुन ।

“रजत महोत्सव” शुभारम्भको दिन आज संस्थाले रक्तदान कार्यक्रम, बुसा मोबाईल एप प्रयोगको भिडियो रिलिज र दुर्घटना बीमा हस्तान्तरण जस्ता कार्यक्रमहरु समेत सम्पन्न गरेको छ । संस्थाको मुख्य कार्यालयमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १८ जना रक्तदाताहरुले रक्तदान गरी जीवनदान गरेका छन् । केही समय अघि भैँसेपाटीमा मोटरसाइकलको ठक्करबाट मृत्यु भएका सदस्य  बालकृष्ण बुढाथोकीको श्रीमती सुन्तली बुढाथोकीलाई दुर्घटना बीमा अन्तर्गतको रु.१ लाख  हस्तान्तरण गरिएको  संस्थाले जनाएको छ ।

budol.jpg

कार्यक्रममा संस्थाका अध्यक्ष  कैलाश के.सी.ले बुसा मोबाइल एपको प्रयोग कसरी गर्ने तथा कस्ता कस्ता सेवाहरू प्रयोग गर्न सकिन्छ भन्ने जानकारी सहितको अनुशिक्षण भिडियो समेत फेसबुकमार्फत रिलिज गरेको थिए । कात्तिक २ गतेदेखि माघ १६ गतेसम्म संस्थाले विभिन्न कार्यक्रमहरू गरी रजत महोत्सव भव्यताका साथ सम्पन्न गर्न “रजत महोत्सव मूल समारोह सिमित”  समेत गठन गरी सकेको छ  ।  २०५० कात्तिक २ गतेलाई स्मरण गर्दै एवं २०५६ सालमा संस्था सञ्चालनमा आएको मितिलाई मध्येनजर गर्दै   संस्थाले  रजत महोत्सव शुभारम्भ गरेको हो ।