सोमबार, कार्तिक १० गते २०८३

नयाँपाटी सहकारीको साधारण सभा सम्पन्न, १अर्ब १८ करोडको कुल सम्पत्ति


कार्तिक २, २०८० बिहीबार
नयाँपाटी सहकारीको  साधारण सभा सम्पन्न, १अर्ब १८ करोडको कुल सम्पत्ति

नयाँपाटी बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न भएको छ । संस्थाले सदस्यको सहजताको लागि क्षेत्रगत रुपमा साधारण सभा गरी २६औं साधारण सम्पन्न गरेको हो ।

संस्थाको ईकाई सभाबाट चुनिएका प्रतिनिधिहरुको निर्णय प्रमाणिकरण सभामा अध्यक्ष गौतम खनालले ‘सम्पूर्ण वित्तीय समाधानको पहिलो छनाैट नयाँ पाटी साकोस’  भन्ने परिकल्पनाका साथ काम गरिरहेको बताए । संस्थाले सोही अनुरुप सदस्यको सम्पूर्ण वित्तीय आवश्यकता पुरा गर्ने गरी काम गर्दै आएको पनि उनले सभामा जानकारी गराए । आर्थिक मन्दी र कोभिड-१९ का कारण सदस्यहरुको व्यापार व्यवसायको प्रभावलाई आँकलन गर्दै संस्थाले व्याजमा ५ प्रतिशत व्याज छुट दिएर ऋण असुलीका लागि प्रयास गर्दै आएको उनले सभामा जनाए ।

सदस्यहरुलाई छिटो, छरितो र प्रभावकारी वित्तीय सेवा दिन संस्थाले आधुनिक प्रविधि प्रयोग गर्दै आएको र सदस्यहरुलाई सहकारीको महत्वको बारेमा बुझाउन सहकारी शिक्षा कार्यक्रम समेत सञ्चालन गर्दै आएको उनको भनाई छ । संस्थाका सचिव चिरञ्जिवी सिंखडाले आर्थिक बर्ष २०७९।८० को प्रगति प्रतिवेदन सभामा प्रस्तुत गर्दै सदस्यहरुलाई गुणस्तरीय र प्रभावकारी वित्तीय सेवाको माध्यमबाट काठकाडौं जिल्लाको एक उत्कृष्ट संस्था बनाउने लक्ष्य लिएको बताए । संस्थाका कोषाध्यक्ष बसन्त कुमार पण्डितले आर्थिक बर्ष २०७९।८० को आर्थिक प्रतिवेदन सभामा प्रस्तुत गर्दै बजारमा आएको तरलता संकट लगायतका समस्याको बावजुद पनि संस्थाले वित्तीय कारोबारमा वृद्धि गर्न सकेको बताए ।

391614632_1004735270745596_8451555808943094017_n.jpg

संस्थाले गत असार मसान्तसम्म १ अर्ब १८ करोड ७२ लाख कुल सम्पत्ति पुर्याउन सफल भएको छ। त्यसैगरी १२ करोड ८६ लाख ७४ हजार शेयर पुँजी, ८२ करोड ८८ लाख १७ हजार बचत संकलन र ८३  करोड  ५२ लाख ४५ हजार ऋण लगानी गरेको छ । संस्थाले गत आर्थिक बर्षमा  ४ करोड २६ लाख मुनाफा आर्जन गरेको छ। संस्थाकाे पुँजीकाेषमा १० कराेड ७७ लाख पुगेकाे छ। २०५४ सालमा २८ जना युवा र २८ सय रूपैया शेयरपुँजीबाट सुरु भएको संस्थामा हाल ९ हजार ९२५ जना सदस्य पुगेका छन् ।

संस्थाले जोरपाटी सेवा केन्द्रको आफनै जग्गा रहेकाले यस बर्षमा  भवन बनाउने र त्यसका लागि १ करोड बजेट विनियोजन गरेको सभामा जानकारी दिईयो । संस्थाले गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिका भित्र बसोवास गर्ने व्यक्तिहरुलाई सदस्य बनाउन नयाँ रणनीति अबलम्बन गर्ने, १८ वर्ष मुनिका युवाहरु सदस्य बन्दा प्रवेश शुल्क नलिने र उदेश्य मिल्ने संस्थाहरुसँग एकीकरण गर्ने कार्यलाई निरन्तरता दिने सभामा जानकारी दिइयो । संस्थाले महिला सदस्यहरुको जीवनस्तर परिर्वतनका लागि लघुवित कार्यक्रम समेत सञ्चालनमा ल्याएको छ । उक्त कार्यक्रमबाट सयौं महिला सदस्यहरुको जीवनस्तर परिर्वतन गर्न सफल भएको जनाएकाे छ।