सोमबार, कार्तिक १० गते २०८३

जनउपकार सहकारीको साधारण सभा सम्पन्न, कुल सम्पत्ति ४३ करोड माथी 

कार्तिक १, २०८० बुधबार
जनउपकार सहकारीको साधारण सभा सम्पन्न, कुल सम्पत्ति ४३ करोड माथी 


दोलखाको गौरिशङकर गाउँपालिका २ जुँगुमा रहेको जनउपकार बचत तथा ऋण सहकारी संस्थाको २४ औं साधारण सभा सम्पन्न भएको छ । संस्थाले सदस्यहरुको सहजताकाको लागि क्षेत्रगत रुपमा साधारण सभा आयोजना गरी असोज ३० गते निर्णय परमाणिकरण गरेको हो ।

संस्थाका अध्यक्ष लोकेन्द्रप्रसाद खड्काको समापत्विमा भएको साधारण सभाको प्रमुख अतिथि दोलखाका संघिय सासद गंगा कार्की रहेका थिए । आर्थिक बर्ष २०७९÷८० को असार मसान्तसम्म संस्थामा ९ हजार २५८ सदस्य ,३ करोड २६ लाख ६० हजार, शेयर पुँजी र  १ करोड ९३ लाख ४१ हजार जगेडा कोष रहेको छ । त्यसैगरी संस्थाले ३५ करोड ७५ लाख ५० हजार बचत संकलन गरी ३२ करोड ९ लाख १४ हजार ऋण लगानी गरेको छ । संस्थाले ६ वटा सेवा कार्यालयबाट सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ भने यस बर्ष कार्यक्षेत्र विस्तार गरी दोलखा, सिन्धुपाल्चोक र काठमाडौं  पुर्याउन संस्था सफल भएको छ । कुल सम्पत्ति ४३ करोड ५० लाख ३२ हजार पुगेको संस्थाले गत बर्षमा ५८ लाख ३९ हजार खुद मुनाफा आर्जन गर्न सफल भएको छ । संस्थाले विभिन्न सदस्यमुखी सेवाहरु अगाडी सारेको छ । जस अन्तर्गत महिला सदस्य  सुत्केरी हुँदा सुत्केरी भत्ता, ७५ बर्ष माथीका सदस्यलाई वृद्धा भता, काजक्रिया  खर्च र सदस्य बीमा कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

391722052_3608949902765128_4321150238095683808_n.jpg

संस्थाले आफ्नै मोबाइल बैकिग सेवा समेत सञ्चालनमा ल्याएको छ भने उक्त एप्पको प्रयोग गरेर सदस्यहरुले ब्यालेन्स ट्रान्सफर, विभिन्न युटिलिटी पेमेन्ट र अन लाइन विल भुक्तानी गर्न सकिने संस्थाले जनाएको छ ।  अध्यक्ष खड्काले संस्थाको सम्र्पुण वित्तीय कारोवारलाई डिजिटल प्रणालीबाट अगाडी बढाइएको जानकारी दिँदै अब सदस्यलाई गुणस्तरिय र प्रभावकारी सेवा  सेवा प्रदान गर्दै जाने बताए ।  यस बर्ष सदस्य सन्तुष्टि सर्भेक्षण गर्ने र सदस्यले दिएको सुझावलाई समेटेर संस्थाको नीति परिमार्जन गर्ने उनले बताए । संस्थाले बाल बालिकाहरुमा बचत गर्ने वानीको विकास गर्ने  उदेश्यले ५ बर्ष भन्दा कम उमेरका लागि  निशुल्क बाल भविष्य बचत खाता सञ्चालन गर्ने योजना जनाएको छ । त्यसैगरी संस्थाले नवविवाहित दम्पत्तिलाई लक्षित गरी दम्पत्ती तथा बसाइसराइँ स्वागत योजना सञ्चालन गर्ने र उनीहरुलाई सदस्य बनाउने  भएको छ ।  सभामा जेष्ठ सदस्य, उत्कृष्ट बचत कर्ता, ऋणी र  कर्मचारीलाइ सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

391690954_3608956252764493_5920863237153807014_n.jpg