सोमबार, कार्तिक १० गते २०८३

शुभकामना साकोसको २३औं बाषिक साधारण सभा, कुल सम्पत्ति १ अर्ब २७ करोड पुग्यो


आश्विन २९, २०८० सोमबार
शुभकामना साकोसको २३औं बाषिक साधारण सभा, कुल सम्पत्ति १ अर्ब २७ करोड पुग्यो


शुभकामना बचत तथा ऋण सहकारी संस्थाको २३औं बाषिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रामप्रसाद कासुलाको अध्यक्षता र भक्तपुर क्षेत्र नं २ का संघिय सांसद दुर्लभ थापाको प्रमुख आतिथ्यतामा साधरण सभा सम्पन्न भएको हो । 

सभामा शुभकामना मन्तब्य राख्ने थापाले सहकारी मुल्य मान्यता र सिद्धान्त अनुसार सञ्चालन भएर शुभकामना साकोसले सदस्यको जीवनस्तर परिवर्तन सकेकोमा खुलेर प्रशंशा गरे । पछिल्लो समय सहकारीमा विकृति मौलाएको भन्दै उनले जुनुसुकै संस्थामा सदस्य नबन्न सुझाए ।

सभामा अध्यक्ष कासुलाले ‘आजको आवश्यकता सुरक्षित लगानी, सुरक्षित लगानीको लागि शुभकामना’ भन्ने नारा सहित संस्थाले सदस्यको बचतको सुरक्षाको प्रत्याभूति गरी सदस्य केन्द्रीत विभिन्न कार्यक्रम गर्दै आएको बताए । कतिपय सहकारी संस्थाले तरलता लगायतको समस्या भोगिरहेको अवस्थामा संस्थाले भने सदस्यको आवश्यकता अनुसार जतिसुकै रकम झिक्न सक्ने व्यवस्था मिलाएको उनको भनाई छ ।

केही व्यक्तिवादी र सुशासनमा नचेलका सहकारी संस्थाका कारण सहकारीप्रति सदस्यको विश्वास घटेकाले समुदायमा चलेका सहकारी संस्थालाई पनि त्यसको सामान्य प्रभाव परेको उनले बताए । सदस्यलाई वित्तीय साक्षरताका माध्यमबाट संस्थाको सम्पुर्ण गतिविधिहरुको बारेमा जानकारी दिँदै आएको र संस्था पूर्ण रुपमा सुरक्षित रहेको उनको भनाई छ ।

subhakamana agm 1.jpg

संस्थाले ऋण लगानी गर्दा सदस्यको आयश्रोत, धितो सुरक्षंण र संस्थाप्रतिको सोच तथा व्यवहारलाई विश्लेषण गरी लगानी गर्दै आएको उनले सभामा जानकारी दिए । संस्थाका सचिव पुष्पलाल तिमिलाले आर्थिक वर्ष २०७९/८० को बार्षिक प्रगति प्रतिवेदन तथा आगामी वर्षको नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरेको थिए ।

संस्थाले गत आर्थिक बर्षमा मिठाई बनाउने तालिम, नि शुल्क: दन्त शिविर, शिक्षा शिविर तथा रक्तदान, बृहत्त सहकारी साईकल र्‍याली, वृक्षारोपण, हाडजार्नेनी तथा नशा रोग सम्बन्धि स्वास्थ्य शिविर, जेष्ठ नागरिक भ्रमण जस्ता थुप्रै गतिविधिहरु गरेको उनले जानकारी गराए ।

चालु आर्थिक बर्षमा संस्थाको जगेडा कोष वृद्धि गरी १० प्रतिशत पुर्याउने, बचतका २४ वटा प्रडक्ट सञ्चालनमा ल्याउने र त्यसलाई प्रभावकारी बनाउन घर दैलो कार्यक्रम गर्ने, कृषि सम्बन्धी अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्ने र कृषक सदस्यको लागि मलखादको व्यवस्था गर्ने योजना अगाडि सारेको छ ।

संस्थाका सञ्चालक धर्मरत्न शाक्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै गत आर्थिक बर्षको असार मसान्तसम्म शेयर पुँजी १० करोड ७० लाख ३९ हजार , जगेडा तथा अन्य कोषमा १६ करोड २२ लाख ९४ हजार, बचत संकलन ९२ करोड ६४ लाख ८९ हजार, ऋण लगानी ९५ करोड ४ लाख गरी कुल सम्पत्रि १ अर्ब २७ करोड ७४ लाख पुगेको सभामा जानकारी दिए । संस्थाले त्यस अवधिमा खुद नाफा २ करोड ६० लाख आर्जन गर्न सफल भएको छ ।

सभामा नेफ्स्कुनकी सञ्चालक मन्दिरा मिश्र, भक्तपुर जिल्ला बचत संघका उपाध्यक्ष हरि वल्ल लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिले शुभकामना मन्तब्य राखेका थिए ।

सो अवसरमा विभिन्न विद्यालयमा अध्ययनरत ८, १० र १२ कक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई छात्रवृत्ति र सम्मान प्रदान गरेको छ भने आगामी वर्षदेखि एमडी र पिएचडी गर्नेहरुलाई पनि सम्मान र पुरस्कार प्रदान गर्ने जानकारी दिइयो । सभामा ज्येष्ठ सदस्यहरुलाई समेत सम्मान गरिएको थियो । 

subhakamana agm 2.jpg