सोमबार, कार्तिक १० गते २०८३

शुभप्रभात साकोसको १५औँ वार्षिक साधारणसभा सम्पन्न, सदस्यलाई १३ प्रतिशत लाभांश दिने


आश्विन २९, २०८० सोमबार
शुभप्रभात साकोसको १५औँ वार्षिक साधारणसभा सम्पन्न, सदस्यलाई १३ प्रतिशत लाभांश दिने

 

शुभप्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ वार्षिक साधारणसभा संस्थाको अध्यक्ष विकासकाजी श्रेष्ठको सभापतित्वमा संस्थापक अध्यक्ष निर्मल पौडेलको प्रमुख आतिथ्यता र बाह्रबिसे नगरपालिकाको उपप्रमुख मन्जु तामाङको विशेष आतिथ्यतामा सम्पन्न भएको छ । 

सभामा कोषाध्यक्ष विकास पौडेलले आर्थिक वर्ष २०७९/८० मा संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै शेयर पुजीँ रु. ४ करोड १७ लाख ४७ हजार, संस्थागत पूजीँ ३ करोड ५७ लाख ९३ हजार, बचत संकलन रु. ५२ करोड ८२ लाख २८ हजार सदस्यहरुलाई ऋण लगानी रु. ३६ करोड ५२ लाख ६६ हजार गरी खुद मुनाफा रु. १ करोड ३३ लाख २८ हजार गरेको जानकारी दिए । संस्थाको कुल सम्पत्ति तथा दायित्व रु. ६४ करोड ५९ लाख ७४ हजार रहेको छ । 

सचिव दीपकविक्रम थापाले प्रगति प्रतिवेदन र आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने लेखा सुपरिवेक्षण समिति संयोजक  भिमसेन भण्डारीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । सभामा उपाध्यक्ष यादव दाहालले स्वागत मन्तब्य राखेका थिए । 

साधारण सभामा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी सदस्य, बालबचतकर्ता र कर्मचारीलाई सम्मान गरिएको थियो। सभाले सदस्यहरुलाई १३ प्रतिशत लाभांस र संरक्षित पूजीँ फिर्ताकोषबाट रु २४ लाख ९९ हजार रुपैया नियमित बचत तथा ऋण कारोवार गर्ने सदस्यहरुलाई वितरण गर्ने निर्णय गरेको छ । 

s p 2.jpg