सोमबार, कार्तिक १० गते २०८३

समुदायमा आधारित संस्थाका सदस्य बचत फिर्ता माग्न माईती घर जानु पर्दैनः अध्यक्ष पौडयाल 

आश्विन २८, २०८० आइतबार
समुदायमा आधारित संस्थाका सदस्य बचत फिर्ता माग्न माईती घर जानु पर्दैनः अध्यक्ष पौडयाल 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का अध्यक्ष परितोष पौड्यालले समुदाय र सदस्य केन्द्रीत  वित्तीय कारोबार गर्ने संस्थाहरु सुरक्षित रहेको बताएका छन् । भक्तपुरमा रहेको बंगलामुखी बचत तथा ऋण सहकारी संस्थाको १६औं बार्षिक साधारण सभामा प्रमुख अतिथिको रुपमा बोल्दै उनले  समुदायमा आधारित भएर चलेका सहकारी संस्थाले सदस्यको बचतको सुरक्षा गर्ने र बचत फिर्ता लागि माईती घरसम्म आन्दोलनमा जानु नपर्ने बताएका हुन् ।

अँध्यारोमा हिडेका संस्थाहरु जुन सुकै बेलामा पनि खाल्डोमा पर्न सक्छन् तर नेफ्स्कूनको नीति, विधि र प्रविधिलाई आत्मसात गरेका  संस्थाहरुको गन्तव्यमा पुग्ने  निश्चित रहेको उनको भनाई छ ।  बंगलामुखी सहकारी नेफ्स्कुनले सञ्चालन गरेको प्रोबेसन कार्यक्रममा आवद्ध रहेकाले हरेक कुराको रणनीति बनाएर अगाडी बढेकाले सुरक्षित रहेको उनले जनाए । आधुनिकतासँगै विश्वमा प्रविधिको प्रयोग बढेकोले सहकारीहरुले अब सदस्यहरुलाई प्रविधिमैत्री बनाउँदै लैजानु पर्नेमा उनले जोड दिए । हरेक सदस्यलाई व्यवसायिक बनाउनु पर्ने भन्दै उनले त्यसका लागि सदस्यहरुलाई व्यवसायिक प्रवद्र्धन केन्द्रमा जोडन सुझाव दिए । सहकारीले सदस्यलाई धन आर्जनमा सहयोग गर्नु पर्ने र त्यसका लागि आवश्यक सिप, पुँजी र बजारिकरणको व्यवस्था संस्थाहरुले मिलाउनु पर्ने उनको भनाई छ । संस्था सुशासनमा मात्र बसरे नपुग्ने भन्दै पौडयालले सदस्यको बचतको सुरक्षा महत्वपूर्ण रहेको धारणा राखे । 

नेफ्स्कूनले स्थितिरकरण कार्यक्रम सञ्चालनमा ल्याएको र यस आवद्ध हुने संस्थाहरुमा वित्तीय संकट आउँदा उक्त कोषले सघाउने जनाए  । स्थिरिकरण कोषले संस्थाको सुरक्षा र स्तरिकरण कार्यक्रमले संस्थाको गुणस्तर वृद्धि गर्ने भन्दै यी कार्यक्रममा सहभागी संस्थाहरु सुरक्षित हुने उनको भनाई छ । सहकारीका सदस्य मालिक, नियन्त्रक र संस्थाका क्रियाकलापबाट लाभ लिने व्यक्ति बन्नुपर्ने भन्दै यसका लागि  संस्थाको हरेक निर्णयमा सक्रिय सहभागिता जनाउन आग्रह गरे । सहकारीलाई दैनिक जीवनसँग जोड्नु पर्ने र त्यसका लागि ‘साकोस संस्कृति’को विकास गर्नुपर्नेमा उनले जोड दिए।

सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले दिएको सुझावमा प्रारम्भिक सहकारी संस्था केन्द्रीय संघमा आवद्ध हुनुपर्ने व्यवस्था गरको भन्दै उनले संघमा आवद्ध नहुने संस्थाहरु खारेजीमा समेत जाने बताए । नीति र विधिलाई पालना गर्ने संस्था मात्र संघका सदस्य बन्न आउने भन्दै गलत मनासयले खोलेका संस्था अब नटिक्ने समेत उनको भनाई छ ।