सोमबार, कार्तिक १० गते २०८३

मन्थली साकोसको साधारण सभा सम्पन्न, १ अर्ब १४ करोड कुल सम्पत्ति 

आश्विन २८, २०८० आइतबार
मन्थली साकोसको साधारण सभा सम्पन्न, १ अर्ब १४ करोड कुल सम्पत्ति 


मन्थली बचत तथा ऋण सहकारी संस्थाको २६ औं साधारण सभा सम्पन्न भएको छ । संस्थाले गत आ.ब.मा   ५८ लाख ८ हजार ८ सय रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ ।  साधारण सभाको उद्घाटन  गर्दै जिल्ला समन्वय प्रमुख चिना कार्कीले   जिल्लाको सहकारी आन्दोलनमा मन्थली बचतले पुर्याएको योगदानको चर्चा  गरे । पछिल्लो समयमा सहकारीहरू प्रति अविश्वास गर्ने हरूको सङ्ख्या बढेको र यसो हुनुमा संचालकहरुनै प्रमुख जिम्मेवार हुने हुँदा विधिका आधारमा मात्र काम गर्न  उनले सुझाए ।

सदस्यको सहजताको लागि संस्थाले आफ्नो कार्यक्षेत्र भित्रको सबै वडा र बस्तीमा पुगेर  साधारण सभा सम्पन्न गरेको हो । साधारण सभामा सचिव हिमाल ढुङ्गेलले साङ्गठनिक र कोषाध्यक्ष टीका भट्टले आर्थिक प्रतिवेदन  प्रस्तुत गरेको थिए । 
संस्थाका अध्यक्ष गोविन्द घिमिरेको अध्यक्षतामा भएको उक्त साधारण सभामा मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ र ,रामेछाप नगरपालिकाका प्रमुख लव न्यौपानेले सहकारीको विकासका लागि नगर पनि सहयोग गर्न तयार रहेको भन्दै त्यसका लागि सहकारीका छाता सङ्गठनहरूलाई समन्वय गरेर अघि बढ्न पनि आग्रह  गरे ।   
२६ औ साधारण सभाका अवसरमा सहकारीले आफ्ना सदस्य मध्ये उत्कृष्ट बन्न सफल विभिन्न विधाका शेयर  सदस्य हरूलाई नगद र  सम्मान पत्रद्वारा  सम्मान  प्रदान गरिएको हो ।  

गत असार मसान्त सम्ममा उक्त सहकारीको  कुल सदस्य सङ्ख्या १५ हजार ८ सय २९ पुगेको  छ । त्यसैगरि संस्थाको शेयर पुँजी ९ करोड ५० लाख  ,बचत सङ्कलन ९१ करोड ७३ लाख ३९  हजार  र   कुल सम्पत्ति १ अर्ब १४ करोड ८८ लाख    पुगेको  साकोसका कोषाध्यक्ष टीका भट्टले सभामा जानकारी दिए  ।