सोमबार, कार्तिक १० गते २०८३

पाठकको नेतृत्वमा पाँच तारा सहकारीमा नयाँ सञ्चालक समिति चयन


आश्विन २६, २०८० शुक्रबार
पाठकको नेतृत्वमा पाँच तारा सहकारीमा नयाँ सञ्चालक समिति चयन

 
पाँच तारा बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा भोला नाथ पाठक चयन भएका छन् । संस्थाको आज सम्पन्न १६ औं बार्षिक साधारण सभाले पाठकलाई आगामी ४ बर्षे कार्यकालको लागि पुनः  निर्विरोध चयन गरेको हो ।

त्यसैगरी संस्थाको प्रथम उपाध्यक्षमा विजया मल्ल, द्धितिय उपाध्यक्षमा विन्दा कुँवर, सचिवमा लोचनहरि प्रसाई र कोषाध्यक्षमा कुमार विमली चयन भएका छन् । त्यसैगरी सञ्चालक समिति सदस्यहरुमा गोपाल तामाङ्ग,अवधेश कुमार पाण्डे ,शुसिल प्रसाई र अन्जु कार्की चयन भएका हुन् । साधारण सभाले लेखा सुपरिवेक्षण समितिमा दिपक रिजाल,खेम पोखरेल र निर्मला थापालाई चयन गरेको छ । सभाले ऋण उप समिति र शिक्षा उप समिति समेत चयन गरेको छ ।

सञ्चालक समितिबाट संयोजक रहेने गरी  ऋण उप समित र शिक्षा उप समिति  चयन भएको छ । ती समितिको सदस्यहरुमा क्रमशः मनिस शिवाकोटी , उर्मिला कँडेल, नवराज प्रसाई र शिव कोइराला रहेका छन् । नव निर्वाचित अध्यक्ष पाठकले संस्थालाई सहकारी मूल्य, मान्यता र सिद्धान्त अनुसार सञ्चालन गरी समुदायको उत्कृष्ट र दिगो संस्था बनाउने प्रतिवद्धता जनाए । सहकारी माफर्त संकलित पुँजीलाई उद्यमशीलता र आय आर्जनको क्षेत्रमा लगानी गरी सदस्यको आर्थिक सामाजिक रुपान्तरणमा सघाउने उनले बताए ।