सोमबार, कार्तिक १० गते २०८३

 चमेली कल्याणकारी सहकारीको २१औं साधारण सभाद्वारा १५ प्रतिशत लाभांश पारित 

आश्विन २१, २०८० आइतबार
 चमेली कल्याणकारी सहकारीको २१औं साधारण सभाद्वारा १५ प्रतिशत लाभांश पारित 


भक्तपुरको विरुवामा रहेको चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाको २१ औं साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष प्रमोद घिमिरेको अध्यक्षता र नेफ्स्कुनका पुर्व अध्यक्ष ऋषिराज घिमिरेको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।

सभामा अध्यक्ष प्रमोद घिमिरेले संस्थाको दिगो आधार संस्थागत पुँजी भएको र चमेली कल्याणकारीको कोषहरु मजबुद रहेको बताए । संस्थालाई पारदर्शी र सुशासनमा संचालनको लागि नीति, विधि र प्रविधिलाई अधिकतम उपयोग गरेको बताउँदै उनले सदस्यहरुलाई वित्तीय साक्षरता, सहकारी शिक्षा ,बचत तथा ऋणको सेवाहरुको विविधिकरण गर्दै सेवा प्रवाह मार्फत सदस्यको वित्तीय आवश्यकता परिपूर्ति गरिने उनले बताए । संस्थाका सचिव दिपक कुमार न्यौपानले  बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले गत वर्षभरी गरेको गतिविधिका बारेमा सभामा जानकारी गराए ।

सदस्यहरुमा नियमित बचत गर्ने बानीको विकास गरी आयमुलक र व्यवसायको लागि संस्थाले ऋण लगानी गर्ने उनले जानकारी दिए। त्यसैगरी लघुवित कार्यक्रम मार्फत न्युन आय भएका सदस्यहरुको आर्थिकस्तर माथी उकास्ने ,क्यास रहित कारोवार विकास गर्दै जाने, मानवीय र स्रोतको अधिकतम प्रयोग गरी सदस्यको आर्थिक सामाजिक स्तरमा सुधार ल्यान संस्थाले काम गर्ने लक्ष्य लिएको उनको भनाई छ। संस्थाले युवा सदस्य लक्षित वित्तीय शिक्षा कार्यक्रम सञ्चालन गर्ने , युवा सदस्यहरुमा उद्यमशीलता विकास  गर्ने ,त्यसका लागि उनीहरुलाई सिप विकास तालिम दिने, सदस्यको बीमा गर्ने र सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरी सहकारिताको महत्वको बारेमा सदस्यलाई जानकारी गराउने संस्थाले लक्ष्य लिएको छ ।

385784083_1394151964784089_482986601786067644_n.jpg

संस्थाका कोषाध्यक्ष नवराज घिमिरेले आर्थिक बर्ष २०७९/८० आर्थिक प्रतिवेदन सभामा पस्तुत गर्दै शेयर पुँजी ५ करोड ९१ लाख ९३ हजार , बचत संकलन ६१ करोड १५ लाख र ऋण लगानी ५९ करोड ९३ लाख पुगेको सभामा जानकारी दिए । संस्थाले गत आ.ब.मा २ करोड ६३ लाख ६४ हजार खुद नाफा आर्जन गरेको छ । जुन गत बर्षको तुलनामा १२.१५ प्रतिशतले बढी  हो  । संस्थामा ४ हजार ८४१ जना सदस्य रहेको छन् । संस्थाको जगेडा कोषमा ६ करोड ८५ लाख ५३ हजार रहेको छ भने अन्य कोषमा २ करोड १३ लाख र ऋण सुरक्षण कोषमा २ करोड ९२ लाख ९८ हजार रहेको छ ।  सभाले  गत आ.व.को नाफाबाट सदस्यलाई १५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । संस्थाले संरक्षित पुँजी फिर्ता कोषमा ४९ लाख ४३ हजार रकम विनियोजन गरेको छ ।