ललितपुरको लाल्छिखेलमा रहेको आयाम बचत तथा ऋण सहकारी संस्थाको ११औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष केशव प्रसाद नेपालको सभापतित्व एवं बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरेको प्रमुख आतिथ्यता सभा सम्पन्न भएको हो ।
सभामा संस्थाका अध्यक्ष नेपालले आर्थिक वर्ष २०७९\०८० को प्रगति विवरण तथाआ.व.२०८०\८१ को प्रस्तावित कार्यक्रमहरु प्रस्तुत गरेका थिए । त्यस्तै संस्थाका कोषाध्यक्ष नविन खकुरालले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक केशवप्रसाद नेपालले लेखा समितिको प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए ।
प्रतिवेदन अनुसार संस्थामा २ हजार ५ सय १८ जना सेयर सदस्य रहेका छन् । संस्थाको सेयर पुँजी ४ करोड ६४ लाख पुगेको छ । जुन अघिल्लो आर्थिक संस्थाको कुल बचत २२ करोड ९२ लाख , ऋण लगानी २७ करोड १० लाख रहेको छ । आ.व. २०७९र०८० मा ४ करोड ८८ लाख आम्दानी गर्न संस्था सफल भएको छ । सोही अवधिमा संस्थाले ४ करोड ७८ लाख ९५ हजार ९ लाख ५० हजार ७ सय ७७ रुपैयाँ नाफा नाफा गर्न सफल भएको सभामा जानकारी दिईयो ।
साधारण सभाले तीन वटा प्रतिवेदन उपर छलफल गरी साधारण पारित गरेको छ । यसैबीच संस्थाले पूरक निर्वाचन समेत सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष केशव प्रसाद नेपालले राजिनामा दिएपछि रिक्त स्थानमा पुरक निर्वाचन गरिएको हो । तेजप्रसाद बजगाईंको संयोजकत्वमा गठित निर्वाचन समितिले पूरक निर्वाचन सम्पन्न गरेको हो । साधारण सभाले अध्यक्षमा गणेश प्रसाद नेपाललाई सर्वसम्वत चयन गरेको छ ।